Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गीत गजल’ पोस्टरमा रोमान्टिक रुप र आरोही

फिल्मीखबर, काठमाण्डौ, 2019/07/09
 
अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मालाई फिल्म ‘जोनी जेन्टलम्यान’ मा एक्सन-कट गरेका नीतिन चन्द निर्देशित दोस्रो फिल्म ‘गीत गजल’ को असोज २४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका प्रमुख अभिनेता रुप पोखरेल र अभिनेत्री आरोही सिंहलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । 
 
आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनालीलगायतका कलाकारको पनि अभिनय रहेको छ । निर्देशक चन्दले आफूले फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नछाडेको बताएका छन् । फिल्मको एक गीत भारतको गोवामा खिचिएको छ । 
 
फिल्ममा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, उत्तम बनेपाली र तेन्जीन भुटियाको ड्रेस डिजाइन, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन जिसीको सम्पादन रहेको छ । यो फिल्म रुप र आरोहीको डेब्यू हो । दुबै फिल्मलाई लिएर निकै उत्साहित छन् । फिल्मको पहिलो गीत यही शुक्रबार रिलिज हुँदैछ । 
Most Visited News (monthly)