(1).jpg)
नव-अभिनेता रुप पोखरेल र नव-अभिनेत्री आरोही सिंहको प्रमुख भूमिका रहेको फिल्म ‘गीत गजल’ को पहिलो गीत इन्टरनेट रिलिज भएको छ । भारतको गोवा र नेपालमा खिचिएको ‘छ कि छैन तिमीलाई थाहा’ बोलको गीतको भिडियोमा रुप र आरोही फिचर्ड छन् । गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।
अन्जु पन्त र सुरेश लामाले गीतमा आफ्नो आवाज भरेका छन् । सार्वजनिक गीतको भिडियोमा नितिन चन्दको कोरियोग्राफी छ । उनी फिल्मका निर्देशक समेत हुन् । गीतलाई सुरेश काफ्लेले खिचेका हुन् । फिल्म असोज २४ गतेबाट प्रदर्शनमा आउनेछ । आरोहण क्षेत्री निर्माता रहेको फिल्मका सह-निर्माता सुजन आचार्य हुन् ।
आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली बालकलाकार योगीशा खत्री, सुजल खानलगायतका कलाकारको पनि अभिनय रहेको छ । फिल्ममा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठ र सुरेश काफ्लेको छायांकन छ ।
गीत हेर्नुहोस् :-

