Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कोसिसलाई केकीको ‘रातो गलबन्दी’ चिनो (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/07/14
अभिनेत्री केकी अधिकारी र अभिनेता, लेखक तथा संगीतकार कोसिस क्षेत्रीले पहिलो पटक सहकार्य गरेको फिल्म ‘रातो गलबन्दी’ को शीर्ष गीत सार्वजनिक भएको छ । फस्टलुक पोस्टरसँगै सार्वजनिक गरिएको गीतमा राजेश पायल राई र श्रेया राईको स्वर छ । लोकराज अधिकारीले लेखेको लोक शैलीको गीतमा संगीत बिनोद खुम्बुले भरेका छन् । 
 
 
गोविन्द राईको कोरियोग्राफी रहेको गीतको भिडियोमा केकी र कोसिस फिचर्ड छन् । गीतमा दुईको केमेस्ट्री सुहाएको देखिन्छ । तर, गीतको अडियो र भिडियो दुबै कमजोर छ । फिल्म ‘रातो गलबन्दी’ साउन १७ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । अनिश थापाले फिल्मको निर्देशन गरेका हुन् । उनको यो डेब्यू निर्देशित फिल्म हो । बुद्धि तामाङको पनि अभिनय रहेको फिल्मको कथा किरण माइकलले लेखेका हुन् । 
 
मनिसमा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा हिमाल कडरियाको कथा छ । यसमा बासुदेव घिमिरे, अमृता मगैराम र कृष्ण घिमिरे सह-निर्माता तथा प्रकाश दुलाल कार्यकारी निर्माता छन् । निर्देशक थापा ‘रातो गलबन्दी’ भरपुर मनोरञ्जनका साथै सामाजिक सन्देशयुक्त फिल्म भएको बताउँछन् । सुमन तामाङले फिल्म खिचेका हुन् । पूर्वका विभिन्न स्थानमा फिल्म खिचिएको हो । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)