Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कबीर सिंह’ ले छाप्ला ३ सय करोड ?

एजेन्सी, मुम्बई, 2019/07/14
 
अभिनेता शाहिद कपूरको ब्लकबस्टर फिल्म ‘कबीर सिंह’ को क्रेज कम हुने अझैसम्म कुनै संकेत देखिएको छैन । 'उरी' र 'भारत' भन्दा सबैभन्दा धेरै कमाउँदै बलिउडको सबैभन्दा ठूलो फिल्म साबित भएको यसले भारतमा मात्र २ सय ५० करोडभन्दा बढीको व्यापार गरिसकेको छ । शुक्रबार रिलिज भएको ऋतिक रोशनकोे फिल्म 'सुपर ३०' ले समेत यो फिल्मलाई खासै असर गरेको छैन । 
 
उक्त फिल्मले चौथो हप्ताको शनिबारसम्म २ सय ५५ करोड ८९ लाखको व्यापार गरेको व्यापार विशेषज्ञ तरण आदर्शले ट्विटमार्फत् जानकारी दिएका छन् । ‘कबीर सिंह’ को व्यापार यही रफ्तारमा अगाडि बढे ३ सय करोडको लाइफटाइम कलेक्सन गर्ने अनुमान गरिएको छ । सन् २०१३ मा आएको फिल्म 'आर.राजकुमार' पछि शाहिदको यो पहिलो सोलो सुपरहिट फिल्म हो । 
 
‘कबीर सिंह’ मा उनले एक आत्म-विनाशकारी प्रेमीको भूमिका निभाएका छन् । यो फिल्मको सफलतासँगै अभिनेता शाहिदको चर्चा निकै चुलिएको छ । भारतसँगै यसले नेपालमा पनि जबरजस्त व्यापार गरिरहेको छ । चौथो हप्तामा पनि नेपालमा फिल्म हेर्ने दर्शकको चाप घटेको छैन । उक्त फिल्मको नेपाल प्रदर्शन अधिकार स्टेशन फाइभले लिएको हो । 
 
‘कबीर सिंह’ साउथ सुपरस्टार विजय देवरकोन्डाको हिट फिल्म 'अर्जुन रेड्डी' को हिन्दी रिमेक हो । तेलुगूमा यो फिल्मलाई सन्दिप वांगा रेड्डीले निर्देशन गरेका हुन् । फिल्मको हिन्दी रिमेकको निर्देशक तथा निर्माता पनि उनी स्वयं हुन् । शाहिदको जबरजस्त अभिनय रहेको यसमा सोहम मजूमदार, अर्जन बाजवा, सुरेश ओबेरोय, कामिनी कौशल र निकिता दत्ताको पनि अभिनय छ । 
Most Visited News (monthly)