Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमानको सिफारिसमा ज्याकलीनले पाइन् मानुषीको फिल्म

फिल्मीखबर, मुम्बई, 2019/07/17
 
सन् २०१७ की मिस वर्ल्ड मानुषी छिल्लरले केही दिनयता बलिउड सुपरस्टार सलमान खान स्टारर फिल्म 'किक २' बाट बलिउडमा डेब्यू गर्ने चर्चा थियो । तर, अब उनको हातमा सलमानको फिल्म उम्किएको खबर बाहिरिएको छ । भारतीय मिडियाका अनुसार, सलमानले 'किक २' मा फेरि अभिनेत्री ज्याकलीन फर्नान्डिसलाई चुनेका छन् । 
 
यो फिल्ममा ज्याकलीनलाई रोल मिल्नेको कारणबारे डेक्कन क्रनिकलले सूत्रलाई उद्धित गर्दै लेखेको छ, 'ज्याकलीन कुनै पनि हालतमा 'किक २' मा काम गर्न चाहन्छिन् । यसकारण उनले सलमानको माध्यमबाट आफ्नो लागि निर्देशक साजिद नाडियाडवालासँग सिफारिस लगाइन् । यसपछि उनको नाम कन्फर्म भएको छ ।' 
 
निर्देशक नाडियाडवाला 'किक २' मा ज्याकलीनलाई दोहोर्‍याउने पक्षमा थिएनन् । उनले मिस वर्ल्ड मानुषी छिल्लरलाई फिल्म अफर गरेका थिए । मानुषी पनि फिल्म गर्न राजी भएकी थिइन् । तर, सलमानको सिफारिसमा पुनः 'किक' को सिक्वेलमा ज्याकलीन दोहोरिने भएकी छन् । २०१४ मा आएको फिल्म 'किक' मा सलमान र ज्याकलीन लिड रोलमा थिए । 
 
ज्याकलीनको पछिल्लो फिल्म 'रेस ३' हो । यो फिल्ममा पनि उनी सलमान खानको अपोजिटमा देखिएकी थिइन् । उनको नयाँ फिल्म 'ड्राइभ' पोस्ट प्रोडक्शन फेजमा छ । बलिउडमा उनलाई सलमानको निकै नजिक मानिन्छ । सलमानको सिफारिसमा ज्याकलीनले धेरै फिल्म पाएकी छन् । उनी चाँडै एक सिरिजमार्फत् डिजिटल डेब्यू पनि गर्दैछिन् । 
Most Visited News (monthly)