Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

अक्षय र जोनसँग प्रभासको भिडन्त टर्ने सम्भावना

एजेन्सी, मुम्बई, 2019/07/18
 
गएको लामो समयदेखि 'बाहुबली' फेम्ड अभिनेता प्रभासको नयाँ फिल्म 'साहो' को व्यग्र प्रतिक्षा भइरहेको छ । फिल्मको टीजर र गीत इन्टरनेट रिलिज भइसकेको छ । प्रभास र श्रद्धा कपूर स्टारर यो फिल्म अगस्ट १५ मा रिलिज हुने तयारीमा भएता पनि अब पोस्टपोन्ट हुने सम्भावना बढेको छ । दुई हप्ता पछाडि अर्थात् ३० अगस्टमा फिल्म रिलिज हुन सक्ने भारतीय मिडियाले बताएका छन् । 
 
अगस्ट १५ मा बक्सअफिस इन्डियामा निकै ठूलो भिडन्त हुँदैछ । अभिनेता अक्षय कुमारको फिल्म 'मिशन मंगल', अभिनेता जोन अब्राहमको फिल्म 'बाटला हाउस' सँग प्रभासको 'साहो' भिड्ने निश्चित थियो । तर, अब 'साहो' निर्धारित मितिमा प्रदर्शनमा आउने सम्भावना टर्दै गएको छ । भिएफएक्सको काम अझै नसकिएका कारण फिल्मको रिलिज डेट पोस्टपोन्ड हुनसक्ने बताइएको छ ।  
 
डीएनएले एक सूत्रलाई उद्धित गर्दै लेखेको छ, 'भिएफएक्स आउटपुटमा केही समय लाग्ने भएपछि साहोको रिलिज दुई हप्ता पछाडि धकलिने सम्भावना छ । तर, तय भने भइसकेको छैन । फिल्ममा एक विशेष सीक्वेन्सका लागि निकै ठूलो भिएफएक्स सट्सको आवश्कता छ र टीम पहिलादेखि नै त्यसमाथि काम गरिरहेको छ । तर, अगस्ट १५ भन्दा अगाडि आउटपुट दिने कुनै निश्चित छैन ।'
 
सुजिथ निर्देशित ‘साहो’ मा मन्दिरा बेदी, नील नितिन मुकेश, ज्याकी श्राफ, चंकी पाण्डेको पनि प्रमुख भूमिका छ । हिन्दी, तमिल र तेलुगू भाषामा पनि यो फिल्म रिलिज हुनेछ । फिल्मको एक्सन सिनलाई हलिउडका एक्सन कोरियोग्राफर केनी बेट्सले निर्देशन गरेका छन् । फिल्मको ९० प्रतिशत फाइट सिन रियल हो । हालै फिल्मको ८ मिनेटको एक्सन सिन ७० करोडमा खिचिएको छ ।  
Most Visited News (monthly)