नेपाली फिल्ममा ‘स्टार किड्स’ को प्रवेश दिनप्रतिदिन बढ्दो छ । गत वर्ष फिल्म ‘ए मेरो हजुर ३’ बाट अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहानाले सुखद डेब्यू गरिन् । भने, फिल्म ‘जानी नजानी’ बाट पुराना अभिनेता विश्व बस्नेतकी छोरी निरिशाको पनि नेपाली फिल्ममा प्रवेश भएको छ । यस वर्ष पनि केही ‘स्टार किड्स’ ले नेपाली फिल्ममा डेब्यू गर्ने चर्चा छ ।
साधारण व्यक्तिलाई फिल्ममा प्रवेश गर्न निकै संघर्ष गर्नुपर्छ, चाहे अभिनय जति नै उम्दा किन नहोस् । तर, सेलिब्रेटीका सन्तानलाई फिल्ममा प्रवेश गर्न गाह्रो हुँदैन । अभिनय गर्ने इच्छा व्यक्त गरेको खण्डमा मात्र पनि फिल्ममा सजिलै ब्रेक पाउँछन् । तर, फिल्ममा अवसर पाउनु मात्र ठूलो सफलता होइन । फिल्ममा लामो रेसको घोडा बन्न अभिनय राम्रो हुनुपर्छ ।

अहिलेका जल्दाबल्दा अभिनेता अनमोल केसीबाहेक अन्य सेलिब्रेटीका सन्तानले नेपाली फिल्ममा खासै राम्रो करिअर बनाउन सकेका छैनन् । प्रायः कहिले फिल्म अफर आउला र सुटिङको खाना खान पाइन्छ भनेर पर्खिएर बसेका छन् । खासगरि यो हविगत अभिनयको दमले नभइ माता-पिताको ‘नेम र फ्रेम’ लाई आफ्नो सफलता मानेर रमाउने ‘स्टार किड्स’ को छ ।
नेपाली फिल्ममा सेलिब्रेटीका सन्तानहरुको आगमन बढ्दै गर्दा एक समयका निकै चर्चित र व्यस्त अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याको फिल्मी डेब्यूलाई लिएर केही दिनयता फिल्मवृतमा निकै चर्चा भइरहेको छ । हास्यकलाकार शिवहरी पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘लक्का जवान’ बाट दीलिप आफूले हिँडेको बाटोमा छोरीलाई ल्याउने सोचमा छन् ।
शिवहरीले दिव्यालाई फिल्ममा लिन आफूले प्रयास गरिरहेको बताएका छन् । अध्ययनका लागि परिवारसँग लामो समयदेखि अमेरिकामा बस्दै आएकी दिव्या पनि फिल्म गर्ने मनस्थितिमा रहेको जानकारी प्राप्त छ । तर, उनले ‘लक्का जवान’ गर्ने/नगर्ने विषयमा अहिलेसम्म कुनै टुंगो लागेको छैन । दीलिप भने छोरीलाई फिल्ममा डेब्यू गराउन तयार रहेको बुझिएको छ । ‘लक्का जवान’ का उनी निर्माता समेत हुन् ।
फिल्ममा डेब्यू गर्ने चर्चा चुलिएसँगै दिव्यालाई सामाजिक सञ्जालमा निकै खोजिन थालिएको छ । उनले आफ्नो फेसबुकमा राखेको प्रोफाइल फोटो केही दिनयता सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । उनको सुन्दरताले धेरैलाई लोभ्याएको छ । आकर्षक फिगर र चार्मिङ लुक्स भएकी दिव्याले हालसालै फेसबुकमा दुई निकै बोल्ड एण्ड व्यूटिफूल तश्विर साझेदार गरेकी छन् ।
.jpg)
तश्विरमा लजाइरहेकी दिव्याको सुन्दरता बोल्ड पहिरनमा निकै खुलेको छ । यो तश्विरका कारण उनलाई फिल्ममा लिन चाहने मेकर्सको भीड अझ बढ्ने देखिन्छ । दर्शकहरुले पनि उनका तश्विरहरु सामाजिक सञ्जालमा साझेदार गर्दै फिल्मका डेब्यू गर्न आग्रह गरिरहेका छन् । नेपाली फिल्म क्षेत्र पनि उनको डेब्यूको प्रतिक्षामा छ । दिव्याले ‘लक्का जवान’ बाट डेब्यू गर्लिन् वा नगर्लिन् ? चासो सर्वाधिक छ ।

