Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा ऋचाको ‘सुपर गोर्खे’ सँग ‘एकलव्य’

फिल्मीखबर, काठमाण्डौ, 2019/07/26
गएको जेठ पहिलो साता प्रदर्शनमा आएको मल्टीस्टारर फिल्म ‘जात्रै जात्रा’ पछि हरेक हप्ता हलमा फेरिएका कुुनै नेपाली फिल्मले न गतिलो व्यापार गर्न सकेका छन् न त दर्शकलाई रिझाउन नै । प्रत्येक हप्ता निर्माताको करोडौंको लगानी बालुवामा पानी खन्याएझैँ भइरहेता पनि फिल्म प्रदर्शनमा भने कमी आएको छैन । हरेक हप्ताको शुक्रबार एकभन्दा बढी फिल्मको भिडन्त भइरहेको छ । 
 
गत वर्षभन्दा यस वर्ष तुलनात्मक रुपमा फिल्म निर्माणमा कमी आएको छ । तर, फिल्म प्रदर्शन भने अझै व्यवस्थित हुन सकेको छैन । गत वर्षझैँ भद्रगोल छ । एकै मितिमा एकभन्दा बढी फिल्मबीच भिडन्त हुने परम्परालाई यस हप्ता पनि दुई फिल्मले जोगाए । शुक्रबारबाट हलमा दुई फिल्म ‘सुपर गोर्खे’ र ‘एकलव्य’ प्रदर्शनमा आएका छन् । दुबै सिंगल थिएटर लक्षित फिल्म हुन् । 
 
 
‘नाईं नभन्नू ल’ बाट चर्चामा आएकी अभिनेत्री ऋचासिंह ठकुरीको कमब्याक फिल्म हो ‘सुपर गोर्खे’ । बैबाहिक जीवनमा बाँधिएपछि उनी अभिनयबाट टाढा थिइन् । करीब ४ वर्षपछि उनले यो फिल्मबाट कमब्याक गरेकी हुन् । फिल्मलाई उनकै श्रीमान् राज थापा (गजेन्द्र) ले निर्माण र निर्देशन गरेका हुन् । फिल्मलाई सौरभ लामाले खिचेका हुन् । 
 
ऋचाका अलावा यो फिल्ममा सुरज सिंह ठकुरी, निराजन लुईंटेल, भूपेन्द्र क्षेत्र, भानु विष्ट, सचिन केसी, उत्तम विष्ट, मनोज राई लगायत कलाकारको अभिनय रहेको छ । यसमा इश्वरी सिंह ठकुरी, रामकृष्ण, सुदिपजंग थापाको लगानी रहेको छ । फिल्मलाई बनिष शाह र सालिक दुलालले सम्पादन गरेका हुन् । बिहीबार साँझ राजधानीमा भएको प्रियिमरमा फिल्मलाई राम्रो प्रतिक्रिया मिलेको छ । 
 
त्यस्तै, पारिवारिक प्रेमकथामा आधारित बताइएको फिल्म ‘एकलव्य’ लाई अनमोल शर्माले निर्देशन गरेका हुन् । फिल्मले समाजका विभिन्न अपराधिक घटनालाई उठाएको छ । सोनाम थापामगर, ओसन भट्टराई, पुष्कर राउत, शुशिल पोखरेल, शुष्मा कार्की, महिला सिलवाल, राजेन्द्र दुलाल, बिराग लोगुनसहितको मुख्य भूमिका रहेको छ ।
 
फिल्मलाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेका हुन् । फिल्ममा कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको गीतरसंगीत, भोजराज देवकोटाको पटकथा तथा संवाद, कृष्ण श्रेष्ठको छायांकन, अर्जुन जिसीको सम्पादन रहेको छ । दुई नेपाली फिल्मसँगै नेपाली हलमा बलिउड फिल्म ‘जजमेन्टल हे क्या ?’ पनि प्रदर्शनमा आएको छ । 
Most Visited News (monthly)