Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(16 votes, avg 4.00/5.00)
Text size:-
+
-

किन फिल्मबाट ब्रेक लिन चाहन्थे सुशील ?

फिल्मीखबर, काठमाण्डौ, 2019/07/31
फिल्म 'होस्टेल रिर्टन्स' बाट डेब्यू गरेका अभिनेता हुन्, सुशील श्रेष्ठ । चकलेटी लुक्स, लोभलाग्दो हाइट र सुंगठित शरीरका कारण उनलाई डेब्यू फिल्म रिलिज अगावै सम्भावना बोकेको अभिनेताको रुपमा हेरिएको थियो । तर, फिल्म रिलिज भएपछि उनीमाथिको अपेक्षा अधुरै रह्यो । कारण, उनको अभिनय टिठलाग्दो थियो । फलतः फिल्म पनि बक्सअफिसमा चिप्लियो । 
 
 
दोस्रो फिल्मको रुपमा उनले 'कारखाना' गरे । यो फिल्मले पनि हलमा पानी भन्न पाएन । न त उनको भूमिका र अभिनयलाई दर्शकले प्रशंसा गरे । यद्यपि, उनले अभिनय र डाइलग डेलिभरीमा मेहनत गरेको खण्डमा नेपाली फिल्ममा राम्रो स्थान बनाउने सम्भावना अझै मरेको भने छैन । यसका लागि उनी फिल्म छनोटमा चुजी हुन पनि आवश्यक छ । आकर्षक शरीर र हाइटले मात्र एउटा कलाकार पूर्ण हुँदैन । 
 
दुई फिल्मको असफलतापछि हच्किएका अभिनेता सुशील 'कारखाना' पछि केही समय विश्राम लिने सोचमा पुगेका थिए । आफ्नो फिल्म छनोट गलत भइरहेको उनको निष्कर्ष थियो । तर, उनले लामो समय ब्रेक लिन सकेनन् । 'कारखाना' रिलिजपछि उनलाई फिल्म 'लभ डायरीज' अफर भयो । स्क्रिप्ट, चरित्र र टिम राम्रो लागेपछि साइन गरे । तर, यो फिल्मलाई प्रदर्शनमा आउन २ वर्ष लाग्यो । आउँदो असोज ३ मा फिल्म रिलिज हुँदैछ । 
 
सोमबार यो फिल्मको पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । गीत सार्वजनिक कार्यक्रममा बोल्दै सुशीलले 'कारखाना' पछि केही समय ब्रेक लिने सोच बनाएको भएता पनि राम्रो स्क्रिप्टबाट अफर आएपछि 'लभ डायरीज' छाड्न नसकेको बताए । किन ब्रेक लिने निष्कर्षमा पुग्नुभएको थियो ? भन्ने पत्रकारको प्रश्नमा उनी भन्छन्, 'दर्शकलाई नै फिल्म मन परिरहेको छैन भने किन धेरै आउनु भनेर केही समय ब्रेक लिन खोजेको थिएँ ।'
 
 
साढे २ वर्षपछि फिल्म 'लभ डायरीज' मार्फत् पर्दामा देखिन लागेका उनी फिल्मबाट छोटो विश्राम लिनुको कारण आफ्ना अघिल्ला दुई फिल्म असफल हुनुलाई मान्छन् । 'मेरो दुईवटा फिल्म फ्लपै भएको हो । सायद दर्शकलाई मन नपरेरै होला । 'लभ डायरीज' तेस्रो हो । यो फिल्म राम्रो हुनेमा आशावादी छु', उनले भने । फिल्मका एसोसियट डाइरेक्टर साहिल खानले सुशीलले यो फिल्मबाट राष्ट्रिय अवार्ड पाउने दाबी गरेका छन् । 
Most Visited News (monthly)