Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘तीज माइती मेला’ मा निश्चल र स्वस्तिमालाई सम्मान

फिल्मीखबर, काठमाण्डौ, 2019/08/01
राष्ट्रिय अवार्डमा फिल्म बुलबुलबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड चुमेकी भर्सटायल अभिनेत्री स्वस्तिमा खड्का र फिल्म निर्देशक तथा कलाकार निश्चल बस्नेतलाई आदर्श जोडीको रुपमा सम्मान गरिएको छ । ललितपुरको जावलाखेलस्थित खुल्ला चौरमा आयोजित तीन दिने 'तीज माइती मेला २०७६' को उद्घाटन समारोहमा नेपाली कला क्षेत्रको आदर्श जोडी मान्दै दुईलाई सम्मान गरिएको छ । 
 
 
श्रीमान-श्रीमती नै एउटै क्षेत्रमा समर्पित भई सफल समेत बनेको जोडीलाई हरेक बर्ष तीज कार्यक्रमको आयोजना गर्दै सम्मानित गरिँदै आएको आयोजक संस्था ललित ब्यूटिसियन बहुउद्येश्यीय सहकारी संस्था लिमिटेड र ललित फरिया घरकी अध्यक्ष  मिना कुमारी रिमालले बताइन् । सात बर्षदेखी हरितालिका तीजको अवसरमा लगातार हुँदै आएको उक्त कार्यक्रम यस बर्षदेखी सबैको लागि मनोरञ्जन र उत्सव भन्ने उद्देश्यसहित खुल्ला रुपमा मेलासहित निःशुल्क प्रवेशसहित सुरु भएको उनले बताइन् ।  
 
'तीज माइती मेला' को उद्घाटन कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन प्रमूख अतिथी थिए भने प्रमूख जिल्ला अधिकारी प्रेमराज जोशी बिशिष्ट अतिथी थिए । कार्यक्रमा बोल्दै मेयर महर्जनले यस प्रकारका कार्यक्रमहरुले नेपालको साँस्कृतिक महत्वलाई जोगाईराख्नेमा बिश्वास व्यक्त गरे । उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर, बिभिन्न प्रख्यात कलाकारहरु लगायतको पनि उपस्थिती तथा प्रस्तुती रहेको थियो ।
 
 
 तीज मेलाको आयोजना ललित ब्यूटिसियन बहुउद्येश्यीय सहकारी संस्था लिमिटेड र जावलाखेलमा अवस्थित ललित फरिया घरले गरेको हो । कार्यक्रममा गायिका मिना निरौला, गायिका मञ्जु पौडेल, गायक यमन श्रेष्ठ, गायिका जुनु रिजाल लगायतको उपस्थिती रहेको थियो । 'तीज माइती मेला' श्रावण १८ गतेसम्म चल्ने बताइएको छ ।
Most Visited News (monthly)