Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 1.43/5.00)
Text size:-
+
-

निखिलको ‘आयो भैरव’ मा सौगात ?

फिल्मीखबर, काठमाण्डौ, 2019/08/03
नेपाली फिल्मका ‘ट्रेन्ड सेटर’ निखिल उप्रेती करीब ४ वर्षपछि पुनः फिल्म निर्देशनमा हात हाल्दैछन् । अभिनेत्री सञ्चिता लुईंटेलसँग दोस्रो विवाह गरेपछि उनले ५ वर्षपछि फिल्म ‘भैरव’ मार्फत् नेपाली फिल्ममा कमब्याक गरेका थिए, जसमा उनको अभिनय, निर्देशन र निर्माण थियो । यो फिल्मले बक्सअफिसमा जबरजस्त व्यापार गर्दै उनको कमब्याक सफल तुल्याएको थियो । तर, ‘भैरव’ पछि उनका कुनै फिल्म सफल भएका छैनन् । 
 
पैसामुखी भएको आरोप खेप्दै आएका उनी अहिले आफ्नो कमब्याक फिल्मको सिक्वेल निर्माणको तयारीमा छन् । फिल्मको नाम ‘आयो भैरव’ जुराइएको छ । लामो समयदेखि उनी आफैं फिल्मको कथा लेखिरहेका छन् । फिल्ममा उनी स्वयं प्रमुख भूमिकामा देखिनेछन् । भने, केही अन्य चलेका कलाकारहरुलाई पनि राख्ने तयारीमा निखिल छन् । सम्भवतः फिल्ममा उनको अपोजिटमा अभिनेत्री सञ्चिता लुईंटेल देखिनेछन् । 
 
 
यसअघि दुईले 'मर्यादा' र 'माया त माया हो' फिल्ममा स्क्रिन साझेदारी गरेका थिए । 'माया त माया हो' को सेटबाट दुईबीच प्रेम अंकुराएको थियो । विवाहपछि निखिल र सञ्चिताले सँगै फिल्ममा काम गरेका छैनन् । छुट्टा छुट्टै गरिरहेका छन् । दर्शक भने दुईलाई फेरि स्क्रिनमा हेर्न निकै आतुर छन् । हालै एक कार्यक्रममा अभिनेत्री लुईंटेलले ‘आयो भैरव’ मा आफू हुने वा नहुने भन्ने कुरा केही दिनमा थाहा हुने बताएकी थिइन् । 
 
प्राप्त जानकारी अनुसार, यस फिल्ममा अभिनेता सौगात मल्लको पनि प्रवेश हुनसक्ने सम्भावना बलियो छ । निखिलसँग उनको केही दिनयता फिल्मको विषयमा लगातार छलफल चलिरहेको छ । उनले फिल्मको फाइनल स्क्रिप्ट मागेको स्रोत बताउँछ । यसअघि निखिल र सौगातले फिल्म 'संरक्षण' मा काम गरेका थिए । फिल्ममा सौगात भित्रिएको खण्डमा ‘आयो भैरव’ मा कलाकारको लाइनअप बलियो हुनेछ । 
Most Visited News (monthly)