Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जात्रा’ को तेस्रो सिरिज ‘जीवन जात्रा हो’ ?

फिल्मीखबर, काठमाण्डौ, 2019/08/04
व्यावसायिक र समीक्षात्मक रुपमा सफल फिल्म हो ‘जात्रा’ । यसले जबरजस्ती लादिएका कमेडी र गीत बिना पनि फिल्म चल्छ भन्ने उदाहरण पेश गरेको थियो । यो फिल्मको सिक्वेल ‘जात्रै जात्रा’ यस वर्षको जेठमा प्रदर्शनमा आयो । नेपालमा निर्माण भएका हिट फिल्मका सिक्वेलले खासै साख जोगाएका छैनन् । ‘जात्रा’ कोे सिक्वेल भने अपवाद बन्यो । फिल्मले बोरामा राम्रो पैसा मात्र बटुलेन, दर्शक र समीक्षकको पनि मन जित्यो । 
 
दुबै फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराई हुन् । ‘जात्रै जात्रा’ सँगै उनले हिट फिल्ममा ह्याट्रिक गरेका छन् । उनी निर्देशित फिल्म ‘शत्रु गते’ ले पनि बक्सअफिसमा हिटको व्यापार गरेको थियो । साथै, उनी निर्देशित तीन फिल्मले हलमा प्रदर्शनको ५१ दिन पनि मनायो । तीन फिल्मको सफलतापछि निर्देशक भट्टराईलाई गिनेचुनेका ब्यानरले फिल्म अफर गरिरहेका छन् । तर, उनी कुनै प्रोजेक्टमा अनुबन्ध भएका छैनन् । 
 
 
फिल्मीखबरलाई स्रोतले दिएको जानकारी अनुसार, अहिले ‘जात्रा’ टीम यही फिल्मको तेस्रो पार्ट निर्माणको तयारीमा जुटेको छ । तेस्रो पार्ट सिक्वेल भने हुने छैन । ‘जात्रै जात्रा’ मा नै कथालाई टुंग्याइएको छ । अब फिल्मलाई सिरिजको रुपमा अगाडि बढाइने बताइएको छ । फिल्मको नाम ‘जीवन जात्रा हो’ हुनसक्ने सम्भावना प्रवल छ । यो ‘जात्रै जात्रा’ को शिर्ष गीत हो । चाँडै फिल्मको घोषणा हुनसक्ने स्रोत बताउँछ । 
 
फिल्मको निर्माण टीमले ‘जात्रै जात्रा’ रिलिज अगावैदेखि ‘जीवन जात्रा हो’ नामलाई ब्राडिन्ङ गर्दै आएको थियो । फिल्मका कलाकार, निर्माता तथा निर्देशकले लगाएको सेतो टिसर्टमा यो नामलाई ठूलो अक्षरमा प्रिन्ट गरिएको थियो । यसबाट पनि धेरैले ‘जात्रा’ को तेस्रो सिरिज ‘जीवन जात्रा हो’ हुनसक्ने अनुमान लगाएका थिए । यद्यपि, अहिलेसम्म निमाण टीमले यस विषयमा मुख खोलेको छैन । 
 
‘जात्रा’ आफैंमा एउटा ब्रान्ड बनिसकेको छ । कलाकार जो भए पनि फिल्मको नामले नै दर्शकलाई हलसम्म तान्न सक्छ । यसकारण यसको निर्माण टीम नयाँ नाममा फिल्म बनाएर जोखिम उठाउने पक्षमा छैन । निर्देशक भट्टराईले ‘जात्रै जात्रा’ रिलिजको दिन भनेका थिए, ‘अब यो फिल्मको सिक्वेल बन्दैन । ‘जात्रै जात्रा’ मा कथालाई टुंग्याएका छौं । दर्शकको माग भएको खण्डमा बरु हामी सिरिज भने निर्माण गर्न सक्नेछौं ।’ 
Most Visited News (monthly)