केही दिन अगाडि निर्र्देशक लभ रञ्जनले अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणबीर कपूरसँग भेट गरेका थिए । यसपछि लभको फिल्ममा दीपिकाले काम गर्न लागेको खबर एकाएक बाहिर आएको थियो । निर्देशक रञ्जनसँग दीपिकाले काम गर्न लागेको चर्चा भएपछि ट्विटरमा #NotMyDeepika ट्रेन्ड गर्न लागेको छ । प्रशंसकले उनलाई मिटू आरोपी लभ रञ्जनसँग काम नगर्न अपिल गरेका छन् ।
यसबीच, दीपिकाका प्रशंसकलाई राहतको खबर आएको छ । हालै भोग म्यागजीनलाई दिएको अन्तर्वार्तामा जब दीपिसँग सोधियो कि के उनी त्यस्तो व्यक्तिसँग काम गर्नेछिन्, जोमाथि यौन उत्पीडनको आरोप लागेको छ ? उनले जवाफमा भनिन, 'गर्दिनँ । म त्यस्तो व्यक्तिसँग कदापी गर्ने गर्ने पक्षमा छैन ।' लभ रञ्जनको फिल्म नगर्न अपिल गरेका प्रशंसकलाई दीपिकाको यो भनाईले राहत दिलाएको छ ।
.jpg)
'प्यार का पञ्चनामा' का निर्देशक लभ रञ्जनमाथि एक महिलाले यौन उत्पीडनको आरोप लगाएकी थिइन् । एक एक्ट्रेसले उनीमाथि गम्भीर आरोप लगाउँदै भनेकी थिइन्, ‘‘प्यार का पञ्चनामा’ को अडिसनको क्रममा लभको अश्लिल कुरा सुनेपछि मलाइ निकै असहज महशुस भएको थियो । त्यसपछि मैले अडिसन छाडेर गएको थिएँ । लभले मलाई कपडा फुकालेर ब्रा र पेन्टीमा कस्तो देखिन्छौ हेरौ भनेर भनेका थिएँ ।’’
दीपिकाको वर्कफ्रन्टको कुरा गर्ने हो भने विवाहपछि उनी निकै व्यस्त छिन् । केही दिन अगाडि उनले 'छपाक' फिल्मको छायांकन भ्याएकी थिइन् । यो फिल्म अर्को वर्षको जनवरीमा रिलिज हुँँदैछ । यसमा उनले एसिड अट्याक सर्भाइभर लक्ष्मी अग्रवालको भूमिका निभाएकी छिन् । यो फिल्मपछि उनी श्रीमान् रणवीर सिंहसँग फिल्म '८३' गर्दैछिन् । फिल्ममा दुई श्रीमान्-श्रीमतीकै भूमिकामा देखिदैछन् ।

