Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बन्ला ‘हजार जुनीसम्म’ को सिक्वेल ?

फिल्मीखबर, काठमाडौं, 2019/08/21
नेपालमा कुनै फिल्मको सिक्वेलले साख जोगाउन सकेको इतिहास छैन । प्रायः सिक्वेल ब्याज खाने उद्येश्यले मात्र निर्माण हुने गरेका छन् । प्रदीप भट्टराई निर्देशिन फिल्म ‘जात्रा’ को सिक्वेल छाड्ने हो भने अधिकांश हिट फिल्मका सिक्वेलले दर्शकलाई प्रफुलित बनाउन सकेका छैनन् । ‘लुट २’, ‘होस्टेल रिर्टन्स’, ‘वीर विक्रम २’ यसका उदाहरण हुन् । तर, ब्रान्ड बनिसकेको फिल्मको नाम भजाएर बोरामा पैसा बटुल्न सिक्वेल निर्माण गर्ने क्रम रोकिएको छैन । 
 
‘नाईं नभन्नू ल’ सर्वाधिक सिरिज निर्माण हुने फिल्ममा पर्दछ । गत वर्ष यसको पाँचौ श्रृंखला प्रदर्शनमा आएको थियो र हिट साबित भएको थियो । अब यो फिल्मको छैटौं श्रृंखला निर्माण हुँदैछ । ‘नाईं नभन्नू ल ३’ बाहेक अरु श्रृंखलाको क्याप्टेनसिप आफैंले सम्हालेका भेट्रान निर्देशक विकासराज आचार्यले धेरै वर्षपछि नयाँ नाममा फिल्म ‘हजार जुनीसम्म’ बनाए । बिहीबार (जनै पूर्णिमा) बाट यो फिल्म हलमा प्रदर्शनरत छ । 
 
‘नाईं नभन्नू ल’ सिरिजबाट ‘नाम र दाम’ दुबै राम्रो कमाएका निर्देशक आचार्यले लामो समय नयाँ नाममा फिल्म बनाउने जोखिम उठाउन सकेका थिएनन् । एउटै नाम बेचेर फिल्म चलाएको आरोप खेपिरहेका उनले यसबाट मुक्त हुन चर्चित गीत ‘हजार जुनीसम्म’ नाममा फिल्म बनाउने आँट गरे ।तर, उनलाई ‘नाईं नभन्नू ल’ सिरिजले पाएको जस्तो व्यापारिक सफलता यसबाट मिल्नेमा न्यून सम्भावना छ । फिल्म बक्सअफिसमा खरो उत्रन सकेको छैन । 
 
 
रिलिजपूर्व यो फिल्मलाई ‘स्योर सट’ हिट मानिएको थियो । किनकि, फिल्ममा चलेका कलाकारहरुको अभिनय छ । गीतसंगीतले बजारमा राम्रो चर्चा बटुलेका थिए । जेठपछि सुताएको फिल्मको बजार यसले उठाउने अपेक्षा गरिएको थियो । तर, फिल्मलाई दर्शकको खासै राम्रो साथ मिल्न सकेको छैन । सिंगल स्क्रिनमा फिल्मको व्यापार ठिकठाक छ । तर, मल्टीप्लेक्समा दयनिय छ । यसको कारण ‘वर्ड अफ माउथ’ कमजोर हुनुलाई मानिएको छ । 
 
‘हजार जुनीसम्म’ सिद्धान्त क्षेत्री (आर्यन सिग्देल) र माया प्रधान (प्रियंका कार्की) को प्रेममा आउने उतारचढावमा केन्द्रित छ । १४ वर्षसम्म मायाको यादमा बाँचिरहेका आर्यन दुई एडप्टेड छोरा (अखिलेस प्रधान र सलोन बस्नेत) को आग्रहमा सिक्किम पुग्छन्, जहाँ माया र सिद्धान्तको प्रेम अंकुराएको थियो । तर, १४ वर्षदेखि अत्तोपत्तो नभएकी मायालाई सिद्धान्तले भेट्लान् ? यही प्रश्नको उत्तर दिँदै २ घण्टा लम्बाइको यो फिल्मले विट मार्छ । 
 
तर, निर्देशक आचार्यले फिल्मको ह्याप्पी इन्डिङ बनाएका छैनन् । विछडिएको १४ वर्षपछि आर्यनले प्रियंकालाई भेट्छन् तर दुईको मिलन हुँदैन । यसले फिल्मलाई अपुरो बनाएको छ । आर्यन र प्रियंको मिलन भएको हेर्न पर्दाबाट आँखा नहटाइ बसेका दर्शक अखिलेस र स्वस्तिमा खड्काको मिलनमा चित्त बुझाएर फर्किनु पर्छ । फिल्म हिट भए सिक्वेल बनाउने नियत त होइन निर्देशक आचार्यको ? आखिर सिक्वेल बनाउन खप्पिस नै हुन् क्यारे उनी !
Most Visited News (monthly)