Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(36 votes, avg 4.89/5.00)
Text size:-
+
-

‘लिलिबिली’ निर्माता शाही पक्राउ

फिल्मीखबर, काठमाण्डौ, 2019/08/21
 
एक समयका हिरो र अहिलेका वितरक तथा निर्माता गोविन्द शाहीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा टेकुले उनलाई अपराधिक विश्वासघात तथा अपराधिक लाभको मुद्धामा बुधबार कमलपोखरीबाट पक्राउ गरेको हो । सोधपुछका लागि अहिले प्रहरीले उनलाई टेकुमा राखेको छ । उनी निर्मित पछिल्लो फिल्म ‘लभ स्टेशन’ हो । 
 
निर्देशक तथा निर्माता मिलन चाम्स र निर्माता सुदीप खड्काले फिल्म ‘लिलिबिली’ बाट प्राप्त ८७ लाख ७४ हजार ७ सय ६५ रुपैयाँ (शेयर) नदिएको र नदेखाएको भन्दै करीब एक वर्ष अगाडि निर्माता शाहीविरुद्ध टेकुमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी यस फिल्मका निर्मातासँगै वितरक पनि हुन् । 
 
निर्माता गोविन्द शाहीलाई गत वर्ष फिल्म ‘चक्कर’ का निर्माता रविन आचार्यमाथि हातपात गरेको अभियोगमा पनि प्रहरीले पक्राउ गरेको थियो । हातपात गरेको स्वीकार गर्दै निर्माता आचार्यसँग माफी मागेपछि उनी रिहा भएका थिए । त्यसअघि पनि उनले वितरक तथा निर्माता गोपालकाजी कायस्थमाथि हातपात गरेका थिए । 
 
‘संसार आफ्नै’, ‘पराई’, ‘कहाँ छौं कहाँ ?’ लगायतका फिल्ममा अभिनय समेत गरेका निर्माता शाही पछिल्लो समय काफिया फिल्मस्बाट नेपाली फिल्मको वितरण गर्दै आएका छन् । विवादित छविका उनले हालै अभिनेता अनमोल केसीको प्रमुख भूमिका रहने फिल्म ‘एन्टी हिरो’ वितरणका लागि महँगो रकम तिरेका छन् । ‘प्रेमगीत ३’ पनि उनले नै वितरण गर्दैछन् । 
Most Visited News (monthly)