Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

दर्शक फकाउन देश दौडाहामा पुष्प र साम्राज्ञी

फिल्मीखबर, काठमाण्डौ, 2019/08/22
अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह दर्शक फकाउन देश दौडाहामा निस्किएका छन् । भाद्र १३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘मारुनी’ को विषयमा जानकारी दिने उद्येश्यले उनीहरु अहिले मोफसल टुरमा छन् । यसको सुरुवात सुनसरीको इटहरीबाट भएको छ । बुधबार इटहरीमा भएको भव्य कन्सर्टमा पुष्प र साम्राज्ञीसँगै निर्मात्री पुनम गौतम, निर्देशक नवल नेपाल र गायक कृष्ण काफ्लेले दर्शकसँग साक्षात्कार गरे । 
 
 
 
लगभग ३ हजार दर्शकको उपस्थिति रहेको कन्सर्टमा पुष्प र साम्राज्ञीले फिल्ममा समावेश गीत ‘जाम न माया जाम र सक्दिनँ म बाँच्न’ मा आफ्नो प्रस्तुति  दिएका थिए । दुईले दर्शकको आग्रह स्वीकार गर्दै निकैबेर सेल्फीमा पनि रमाए । कन्सर्टमा ‘मारुनी’ जोडीको क्रेज गजब देखिएको थियो । कार्यक्रममा स्थानिय मोडलहरुले फिल्मको टि-सर्टमा र्‍याम्प वाक पनि गरेका थिए । 
 
कन्सर्ट पूर्व स्थानीय सञ्चारकर्मीसँग कुराकानी गर्दै अभिनेता पुष्पले लभ, रोमान्स र एक्सनको त्रिवेणी फिल्ममा पाइने बताए । त्यस्तै, अभिनेत्री साम्राज्ञीले फिल्मको कन्टेन्ट स्तरीय रहेको र ट्रेलर सार्वजनिक भएपछि निकै राम्रो रेस्पोन्स आएकोमा खुसी व्यक्त गरिन् । इटहरीवासी निर्देशक नेपालले फिल्म राम्रो बनाउने प्रयत्न गरेको बताए । निर्माता गौतमले फिल्म उत्कृष्ट बनेको बताइन् । 
 
 
 
फिल्ममा सह-निर्मातामा राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री छन् । गोविन्द फुँँयाल र निर्देशक नेपालले फिल्मको कथा लेखेका हुन् । फिल्मलाई संजय लामाले खिचेका हुन् । रेविका गुरुङ, शुशील क्षेत्री, अर्जुन श्रेष्ठ, विनोद भट्टराई, शंखर सेढाइलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मलाई मित्र डि.गुरुङले सम्पादन गरेका हुन् । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ । 
Most Visited News (monthly)