Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(37 votes, avg 4.46/5.00)
Text size:-
+
-

आर्यनलाई प्रश्नः ‘हजार जुनीसम्म’ को असफलताको जिम्मेवारी लिनुहुन्छ ?

फिल्मीखबर, काठमाण्डौ, 2019/08/23
एक समय अभिनेता आर्यन सिग्देलले नेपाली फिल्ममा बलियो साम्राज्य बनाएका थिए । लभस्टोरी फिल्ममा निर्विकल्प अभिनेताझैं थिए, उनी । उनलाई लिएपछि फिल्मले बक्सअफिसमा घाटाको व्यापार नगर्ने सोचाई मेकरमा थियो । आफ्नो दबदबा रहँदा उनले करिअरलाई नाफा र घाटा हुने दुबै प्रकारका फिल्म गरे । आफ्नो समयका उनी सर्वाधिक महँगा अभिनेता समेत हुन् । 
 
तर, समय सधैं एकनास कहाँ हुन्छ र ! भित्तामा टाँसिएको पोस्टरमा उनको अनुहार देखेको भरमा हल पुग्ने दर्शकको भीड विस्तारै छिन्नभिन्न भयो । अहिले उनी र उनका फिल्मप्रति दर्शकमा चासो शून्य बराबर छ । संख्यात्मक अभिनयमा जोड दिँदा उनको लोभलाग्दो चार्म र स्टारडम अहिले पूरै गुमेको छ । त्यो फर्काउने उनले प्रयास गरिरहे पनि सफल हुने छनक देखिएको छैन । 
 
डुब्न लागेको करिअर उकास्न उनले गत वर्ष आफ्नै लगानीमा फिल्म ‘कायरा’ बनाए । सिंगो फिल्म आफ्नो काँधमा बोक्न नसक्ने ठानेर उनले अहिलेकी चल्तीकी अभिनेत्री साम्राज्ञी आरएल शाहलाई महँगो पारिश्रमिकमा भित्राए । तर, फिल्मले हलमा गतिलो व्यापार गरेन । यो फिल्मको असफलताले बाहिरी ब्यानरको फिल्म नगर्ने अडान समेत तोड्न बाध्य भए, उनी । 
 
 
हाल उनी अभिनीत फिल्म ‘हजार जुनीसम्म’ प्रदर्शनरत छ । यसमा उनले करीब १२ लाख पारिश्रमिक बुझेको चर्चा छ । आउँदो मंसिर ६ गते उनको नयाँ फिल्म ‘च च हुई’ प्रदर्शनमा आउँदैछ । उनी चाँडै निर्देशक द्वय दीवाकर भट्टराई र अमरदीप सापकोटाको फिल्ममा पनि काम गर्ने तयारीमा छन् । स्टारडम कमजोर भए पनि उनको हातमा फिल्म टुटेको छैन । 
 
चकलेटी ब्वाईको छवि बनाएका आर्यन ‘हजार जुनीसम्म’ ले आफ्नो पुरानो स्टारडम फर्काउनेमा विश्वस्त थिए । त्यसैले त प्रचार-प्रसार चुस्त बनाउन उनी गजबै दौडिए । नाम चलेका कलाकारहरुको अभिनय रहेका कारण यो फिल्ममाथि दर्शकको पनि ठूलो अपेक्षा थियो । तर, दुर्भाग्य ! फिल्मले न हलमा गतिलो व्यापार गर्न सकेको छ न त दर्शकलाई सन्तुष्ट बनाउन नै । 
 
तर, अभिनेता आर्यन असफलताको जिम्मेवारी लिनु त टाढाको कुरा ‘हजार जुनीसम्म’ फ्लप भएको स्वीकार गर्ने पक्षमा समेत छैनन् । बिहीबार फिल्म ‘च च हुई’ को गीत सार्वजनिक कार्यक्रममा उनलाई पत्रकारले प्रश्न गरे- ‘तपाईं ‘हजार जुनीसम्म’ को असफलताको जिम्मेवारी लिन तयार हुनुहुन्छ ?’ उनले कुरा मोड्दै भने- ‘त्यसको बारेमा कुरा गर्न अझै समय बाँकी छ । अहिले ‘च च हुई’ को कुरा गरौं ।’ 
 
‘हजार जुनीसम्म’ को स्पेशल शोमा मिडियाबाट तर्किएको विषयमा पनि उनले आफ्नो स्पष्टिकरण दिए । ‘मैले एक महिनादेखि फिल्मको बारेमा बोल्दै हिँडेको थिएँँ । मैले जानेको र देखेको कुरा मिडियामार्फत् दर्शकमाझ पुर्‍याउन खटिएँ । विशेष शो विशेष व्यक्तिका लागि राखिएको थियो । र, त्यहाँ विशेष व्यक्तिको आवश्यकता थियो । मेरो बोलीको आवश्यक थिएन’, उनले सुनिए । 
Most Visited News (monthly)