Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चितवनमा देखियो साम्राज्ञी र पुष्पको क्रेज (फोटोसहित)

फिल्मीखबर, काठमाण्डौ, 2019/08/23
अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहको शहरिया युवापुस्तामा राम्रो क्रेज छ । यसले भाद्र १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मारुनी’ को व्यापारमा बल पुर्‍याउने विश्वास गरिएको छ । यो फिल्ममा उनीहरु प्रमुख भूमिकामा छन् । फिल्मको इनिसियल बक्सअफिसमा दुईको क्रेजको ठूलो प्रभाव रहन सक्ने कतिपयको विश्लेषण छ । त्यसैले प्रचार-प्रसारमा पनि निर्माण टिमले दुईलाई नै केन्द्रमा राखेर हिँडाएको छ । 
 
 
 
अहिले पुष्प र साम्राज्ञी नेपाल टुरमा छन् । इटहरीबाट फिल्मको प्रचार अभियान सुरु भएको थियो । बिहीबार साँझ निर्माण टिमले चितवनमा भव्य कन्सर्ट गर्‍यो । चितवनको नारायणी नदी किनारमा आयोजना भएको कन्सर्टमा हजारौंको संख्यामा दर्शकको उपस्थिति थियो । कार्यक्रममा अभिनेता पुष्प र अभिनेत्री साम्राज्ञीले फिल्ममा समावेश ‘जाम न माया जाम र सक्दिनँ म बाँच्न’ गीतमा नाच्दा दर्शकले जोडले हुटिङ गरेका थिए । 
 
दुईसँग सेल्फी खिच्न दर्शकहरु स्टेजमै चढेका थिए । भने, केही फ्यानहरु पुष्प र साम्राज्ञीलाई पछ्याउँदै होटेलसम्म पुगेका फिल्मका मिडिया संयोजक विजय सुवेदी ‘आवाज’ ले जानकारी दिए । दुईले कार्यक्रममा बोल्दै फिल्म राम्रो बनेकोले हलमा गएर हेर्न आग्रह गरे । निर्मात्री पुनम गौतमले तीजमा दर्शकलाई 'मारुनी' कोसेली लिएर आएको बताइन् । यस्तै, निर्देशक नवल नेपालले आफूले मन छुने फिल्म बनाएको बताए । 
 
 
 
फिल्मको नेपाल टुरमा गायक कृष्ण काफ्ले पनि सहभागी छन् । फिल्ममा राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री सह-निर्मातामा छन् । गोविन्द फुँँयाल र निर्देशक नेपालले फिल्मको कथा लेखेका हुन् । फिल्मलाई संजय लामाले खिचेका हुन् । रेविका गुरुङ, शुशील क्षेत्री, अर्जुन श्रेष्ठ, शंखर सेढाइलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मलाई मित्र डि.गुरुङले सम्पादन गरेका हुन् । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ । 
Most Visited News (monthly)