Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

अर्पणको ‘आधा सुर’ को सुटिङ सुरु

फिल्मीखबर, काठमाडौं, 2019/08/29
 
अशिन पौडेलको डेब्यू निर्देशनमा बन्न लागेको फिल्म ‘आधा सुर’ को सुटिङ सुरु भएको छ । पारिवारिक कथानक यस फिल्मको बुधबार भद्रकाली मन्दिरमा मुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । तीन युवाको गीतसंगीतप्रतिको मोह, संघर्ष र पारिवारिक स्थितिको कथा फिल्मले वाचन गर्नेछ । 
 
फिल्ममा अर्पण थापा, प्रविण खतिवडा, शिशिर वाङ्देल, सरिता गिरी, दीलीप रानाभाट, सुरज बिष्ट, बविता मल्ल, सुभांगम पराजुलीसँगै नव नायक मोहन जैशी मुख्य भूमिकामा छन् । फिल्म बिष्णु कल्पितले खिच्दैछन् । रोशनराज थापाको संगीत रहने ‘आधा सुर’ लाई केशव रानाले सम्पादन गर्नेछन् । 
 
फिल्म क्रिउ नेपाल र ब्यास मोशन पिक्चर्सको ब्यानरमा रहेको फिल्म काठमाडौ र पोखरामा खिचिने छ । फिल्मका गीतमा रोशनराज थापाको संगीत छ । ‘आधा सुर’ को स्क्रिप्ट निर्देशक अशिन स्वयम् र सौरभ कार्कीले लेखेका हुन् । फिल्म भरपुर मनोरञ्जक बनाउने दावी निर्देशक अशिनको छ । 
Most Visited News (monthly)