Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(57 votes, avg 4.89/5.00)
Text size:-
+
-

‘मिस्टर नेपाली’ गीत : भुवन र रीमाले कसे लगनगाँठो (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/08/28
अभिनेता भुवन केसीले करीब ७ वर्षपछि अभिनयमा कमब्याक गरेको फिल्म ‘मिस्टर नेपाली’ को पहिलो गीत सार्वजनिक भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘नाँचौ छम्मा छम्मा’ बोलको लोक शैलीको गीतमा अभिनेता भुवन दुलहाको भेषमा अभिनेत्री रीमा विश्वकर्मासँग विवाह मण्डपमा देखिएका छन् । 
 
 
यो गीतमा मिलन लामा र रीता केसीको स्वर, सुभाष भुषालको संगीत र देव भुषालको शब्द छ । भुवन र रीमासँगै गीतको भिडियोमा नव–कलाकारद्धय साहिल श्रेष्ठ र कुसुम राउत, कलाकाहरु रवि डंगोल, बिष्णु सापकोटा, कमलमणी नेपाल लगायतलाई पनि देख्न सकिन्छ । अभिनेता भुवन फिल्ममा छोरा र पिता गरि दुई भूमिकामा रहेको गीतमार्फत् प्रस्ट्याइएको छ । 
 
‘मिस्टर नेपाल’ लाई देवचुली फिल्मस्को ब्यानरमा प्रेमराज  दाहालले  निर्माण गरेका हुन् । फिल्मले राष्ट्रियता र प्रेमको कथा भन्ने बताइएको छ । कात्तिक २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मलाई देव भुषालले निर्देशन गरेका हुन् । फिल्मको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । कथावस्तु निकै राम्रो लागेका कारण फिल्म छाड्न नसकेको भुवनले बताएका छन् । 
 
भुषालकै लेखन तथा पटकथा रहेको फिल्ममा निरज कँडेलको छायांकन छ । गीतमा देखिएको अभिनेता भुवनको दोहोरो भूमिकाले फिल्मप्रति दर्शकमा कौतुहलता जगाउने देखिन्छ । पहिलो पटक उनले फिल्ममा दोहोरो भूमिका निभाएका हुन् । एक समय नेपाली फिल्ममा बलियो साम्राज्य बनाएका भुवन पछिल्लो समय फिल्म निर्माण र निर्देशनमा सक्रिय छन् । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)