Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ट्रेलरमा हेर्नूस् ‘जीवन काँडा कि फूल’ (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/08/28
मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काँडा कि फूल’ कृतिमाथि निर्माण भएको फिल्मको ट्रेलर सार्वजनिक भएको छ । जन्मजात मस्तिष्क पक्षघातबाट पीडित झमकले भोगेको पीडा र सङ्घर्षलाई पर्दामा उतारिएको फिल्म कात्तिक २२ गतेबाट प्रदर्शनमा आउँदेछ । विनोद विष्ट फिल्मका निर्देशक तथा निर्माता हुन् । 
 
 
फिल्ममा झमक सानो छँदाको भूमिका सिलगुडिकी अवस्था थापाले निभाएकी छन् । भने, ठूला हुँदाको भूमिका काठमाडौंकी रोजिता वुद्धचार्यले गरेका छन् । त्यस्तै, झमककी बहिनीको भूमिका अभिनेत्री सारिका घिमिरेले निभाएकी छन् । बुबाको भूमिकामा अभिनेता किशन सुना र आमाको भूमिकामा अभिनेत्री उमा गिरी छन् । फिल्ममा ३० बढी कलाकारको अभिनय छ । 
 
झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा तथा संवाद रहेको फिल्ममा झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ । प्रकाशकै संगीत रहेको गीतमा जुनु गौतमको स्वर रहेको छ । भने, नृत्य निर्देशक कमल राई हुन् । बद्री चौहान र उमेश सुवेदी कार्यकारी निर्मातामा रहेको फिल्ममा शिव ढकालको छायांकन र तारा थापा ‘किम्भे’ को सम्पादन छ । 
 
फिल्मको सह-निर्माता जुनु गौतम हुन् । साहित्यकार घिमिरे सानो छँदाको पुरानो घर र पुस्तकमा वर्णन गरिएअनुसारको दृश्यका लागि कृत्रिम घर निर्माण गरि अधिकांश छायांकन जन्मथलो कचिडे (धनकुटा) मा गरिएको थियो । फिल्मको सुरु र अन्त्यमा झमक स्वयं देखिने बताइएको छ । उनको बाल्यकालदेखि पछिल्लो अवस्थासम्मको संघर्षपूर्ण पक्ष फिल्ममा समेटिएको छ । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)