Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘कबड्डी कबड्डी कबड्डी’ को डरले सर्‍यो ‘लभ डायरिज’

फिल्मीखबर, काठमाण्डौ, 2019/09/08
अभिनेता शुशील श्रेष्ठ स्टारर फिल्म ‘लभ डायरिज’ को रिलिज डेट पोस्टपोन्ड भएको छ । असोज ३ मा आउने निश्चित भएको यो फिल्म अब आउँदो कात्तिक १५ अर्थात् छठ पर्वको छेकोमा प्रदर्शन हुने भएको छ । पूर्वघोषित मितिमा मल्टीस्टारर फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ आउने भएपछि भिड्न्त छल्न यो फिल्मको प्रदर्शन मिति करीब एक महिना पछाडि सारिएको हो । 
 
कात्तिक १५ मा पनि ‘लभ डायरिज’ ले सोलो रिलिजको अवसर भने पाउने छैन । यो मितिमा एक्सन सुपरस्टार विराज भट्ट निर्देशित, निर्मित तथा अभिनीत फिल्म ‘साङ्लो’ प्रदर्शनमा आउँदैछ । तर, यो फिल्मको प्रदर्शन मिति पोस्टपोन्ड हुने सम्भावना प्रवल छ । प्रचार-प्रसारमा समय अभाव हुने भएकाले फिल्मको रिलिज सार्ने तयारीमा विराज रहेको जानकारी प्राप्त छ । 
 
 
तर, ‘साङ्लो’ टिमले अहिलेसम्म यस विषयमा कुनै जानकारी दिएको छैन । ‘लभ डायरिज’ का निर्देशक सौरभ चौधरीले फिल्मको एक गीत सार्वजनिक कार्यक्रममा असोज ३ बाट कुनै हालतमा पछाडि नसर्ने ढिप्पी कसेका थिए । तर, ‘कबड्डी कबड्डी कबड्डी’ ले बक्सअफिसमा टिक्न नदिने देखेपछि उनी आफ्नो बोलीमा अडिग रहन सकेनन् । अन्ततः फिल्म नै सार्न बाध्य भए ।
 
यस फिल्ममा शुशीलसँगै रुविना थापा, विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीे लगायतका कलाकारहरुको अभिनय छ । युवा-युवती बीचको माया-प्रेम र कमेडीलाई फिल्ममा समावेश गरिएको निर्माण टिमको भनाई छ । फिल्ममा शुशीलले विदेशमा बसेर खाली मोजमस्तिमा तल्लिन हुने केटाको भूमिका निर्वाहा गरेका छन् । 
 
यस फिल्ममा साहिल खान र मिलन श्रेष्ठको सम्पादन, सञ्जय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । ‘ईइस्टेर इन्टरटेनमेन्ट’को व्यानरमा निर्माण भएको लभस्टोरी फिल्ममा विनोद सापकोटाको निर्माण र सरोज तुलाधरको सह-निर्माण छ । साहिल खानले फिल्ममा सह-निर्देशकको काम सम्हालेका छन् ।
Most Visited News (monthly)