Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘पोइ पर्‍यो काले’ गीतमा पूजा, सौगात, आकाश र श्रृष्टिको छमछमी (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/09/08
कात्तिक ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको मल्टीस्टारर फिल्म ‘पोइ पर्‍यो काले’ को शिर्ष गीत सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा फिल्मका प्रमुख कलाकारहरु सौगात मल्ल, पूजा शर्मा, श्रृष्टि श्रेष्ठ, आकाश खड्का, सुरक्षा पन्त र सोहित मानन्धर फिचर्ड छन् । रामजी लामिछाने गीतका कोरियोग्राफर हुन् । 
 
 
 
गीतमा गायक रामचन्द्र काफ्ले र गायिका अञ्जु पन्तको संयूक्त गायन छ । अर्जुन पोखरेलको संगीत रहेको गीतमा नृपेश उप्रेतीको शब्द छ । गीतको भिडियोमा सौगात र पूजा जोडीको रुपमा प्रस्तुत छन् भने आकाशको जोडी श्रृष्टिसँग बाँधिएको छ । गीतको अडियो र भिडियो दुबै औसत छ । गीतलाई आकर्षक बनाउन तयार पारिएको सेटअप अनावश्यक रुपमा सजाइएको छ । 
 
कालो वर्ण भए पनि मन गोरो भएको एक पात्रको कथामा आधारित भएर निर्माण भएको फिल्म ‘पोइ पर्‍यो काले’ को मूलकथा अभिनेता सौगातको वरिपरि घुमेको छ । शिशिर राणा यस फिल्मका लेखक तथा निर्देशक हुन् । यसअघि उनले फिल्म ‘तिमीसँग’ को क्याप्टेनसिप सम्हालेका थिए । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ । 
 
 
 
अमलादेवी राई फिल्मकी कार्यकारी निर्माता हुन् । फिल्म हेर्दा दर्शकले पूर्ण मनोरञ्जन लिने अभिनेता सौगातको भनाई छ । नायिका श्रृष्टि फिल्ममा पूजाको साथीको भूमिकामा छिन् । उनी फिल्म अवधिभर आफू खासै नदेखिए पनि भूमिका भने महत्त्वपूर्ण रहेको बताउँछिन् । अभिनेता आकाश र अभिनेत्री पूजाले निकै मेहनतपूर्वक फिल्म बनाएका कारण दर्शकलाई मन पर्नेमा विश्वास व्यक्त गरे । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)