Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.40/5.00)
Text size:-
+
-

श्रृष्टि नहुँदा सौगातले छाडे ‘राम राम’ !

फिल्मीखबर, काठमाण्डौ, 2019/09/11
अभिनेता सौगात मल्ल र पूर्व मिस नेपाल तथा अभिनेत्री श्रृष्टि श्रेष्ठ केही वर्षयता लिभिङ टूगेदरमा छन् । एक अर्काको मायामा हराउन थालेपछि दुईले फिल्ममा पनि छुटिएर काम गर्न सकेका छैनन् । आफू जुन फिल्ममा हुन्छन् त्यसमा कुनै हालतमा श्रृष्टिलाई प्रवेश गराएरै छाड्छन्, सौगात । प्रेमिका नभए उनी अनुबन्ध भएको फिल्म छाड्न पनि पछाडि हट्दैनन् । ‘चपली हाइट ३’ यसको उदाहरण हो । 
 
उनले अभिनेत्रीमा श्रृष्टि राख्नुपर्ने सर्तमा यो फिल्म सम्झौता गरेका थिए । तर, निर्माण टिमले श्रृष्टिलाई बोल्ड सिन दिनुपर्ने भूमिका अफर गर्‍यो, जुन सौगातले अस्वीकार गरे । उनले अर्को भूमिका दिन निर्माता र निर्देशकसँग प्रस्ताव राखे तर कुरा नमिलेपछि सौगातले फिल्मबाटै हात झिके । कात्तिकमा प्रदर्शन हुन लागेको फिल्म ‘पोइ पर्‍यो काले’ मा पनि उनले अभिनेत्रीमा श्रृष्टिलाई सिफारिस गरेको चर्चा छ ।
 
 
सौगात अभिनीत प्रायः फिल्म बक्सअफिसमा सफल छैनन् । तर, त्यसले उनको डिमान्डमा कुनै असर गरेको छैन । उनको हातमा फिल्मको ताँती छ । जुनसुकै भूमिकालाई जीवन्त ढंगले पस्किन खप्पिस उनीसँग अहिले महिनैपिच्छे फिल्म छ । हप्तैपिच्छे नयाँ-नयाँ फिल्म साइन गरिरहेका छन् । तर, उनले आफूलाई अफर हुने फिल्ममा अभिनेत्रीमा श्रृष्टिको नाम सिफारिस गर्न थालेपछि निर्माता/निर्देशकलाई समस्या हुन थालेको छ । 
 
श्रृष्टि नभए सौगातले अनुबन्ध भएको फिल्म पनि गर्दैनन् भन्ने अर्को उदाहरण हो- फिल्म ‘राम राम’ । ‘फन्को’ फेम्ड निर्देशक सुवर्ण थापाले यो फिल्मको निर्देशन गर्दैछन् । गएको दुई महिना अगाडि सौगातसँग निर्माण टिमको कागजी सम्झौता भएको थियो । तर, उनले अभिनेत्रीमा श्रृष्टि नहुने भएपछि फिल्मबाट हात झिकेका छन् । यो फिल्मलाई छुट्याएको समय अब उनले मधुसुदन भट्टराईको फिल्मलाई दिँदैछन्, जसमा अभिनेत्रीमा श्रृष्टि छिन् । 
 
‘राम राम’ मा सौगातले श्रृष्टिलाई भित्राउन निर्देशक र लेखकलाई कथा नै परिवर्तन गर्न पटक-पटक दबाब दिएको स्रोत बताउँछ । तर, निर्देशक थापाले ‘लक’ भइसकेको स्क्रिप्ट परिवर्तन गर्न तयार नभएपछि उनी फिल्मबाट बाहिरिएको जानकारी प्राप्त छ । यद्यपि, यस विषयमा निर्माण टिमले मुख खोलेको छैन । फिल्ममा आफ्नो अपोजिटमा श्रृष्टि नै हुनुपर्ने सौगातको अडानले अहिले धेरै निर्मातालाई रुवाएको छ । 
Most Visited News (monthly)