Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रातो टिका निधारमा’ पोस्टरमा साम्राज्ञी र अंकितको प्रेम

फिल्मीखबर, काठमाण्डौ, 2019/09/12
भेट्रान निर्देशक अशोक शर्मा निर्देशित नयाँ फिल्म ‘रातो टिका निधारमा’ आउँदो असोज १० गतेबाट देशैभर प्रदर्शनमा आउँदैछ । यसको एक रोमान्टिक गीत र ट्रेलर सार्वजनिक भइसकेको छ । भोली (शुक्रबार) फिल्मको शिर्ष गीत सार्वजनिक गर्ने तयारीमा छन्, निर्देशक शर्मा । यो फिल्मले खडेरी लागेको नेपाली फिल्मको व्यापार उकास्ने अपेक्षा गरिएको छ । 
 
प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको निर्माण टिमले प्रचार-प्रसारलाई आक्रामक बनाएको छ । यसबीच, फिल्मको प्रचार सामाग्रीको रुपमा पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मकी प्रमुख अभिनेत्री साम्राज्ञी आरएल शाह र नव-अभिनेता अंकित शर्मालाई सर्वाधिक स्थान दिइएको छ । फिल्मको थिमअनुसार पोस्टर तयार पारिएको छ । 
 
 
साम्राज्ञी र अंकित रोमान्टिक अवतारमा प्रस्तुत पोस्टरमा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकार पनि अटाएका छन् । फिल्मले वैदेशिक रोजगारीको कथा वाचन गरेको छ । फिल्ममा साम्राज्ञी गाउँले भूमिकामा छिन् । 
 
ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको फिल्ममा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । फिल्ममा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ । शुक्रबार सार्वजनिक हुने फिल्मको शिर्ष गीतमा प्रमोद खरेल र मेलिना राईको स्वर छ । 
Most Visited News (monthly)