Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9565 - 9570 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-07-21, आईतवार

असार र साउन महिनामा नेपाली फिल्मको छायांकन निकै कम हुन्छ । किनभने, मनसुनले छायांकनमा अवरोध गर्ने हुँदा फिल्म फ्लोरमा निस्कँदैनन् । तर, ‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालको नयाँ फिल्म ‘आमा’ को भने पानी नपर्दा छायांकन हुन सकेको छैन । अधिकांश दृश्यमा झमझम परेको पानी देखाउनु पर्ने भएकाले दैनिक क्यामेरा र आर्टिस्टसहित पानी कुरेर बसेको निर्देशक खनाल बताउँछन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-07-21, आईतवार

रोमान्टिक लभस्टोरी जनरामा निर्माण भएको अभिनेता यशराज गरच र नव-अभिनेत्री ऋचा थापा स्टारर फिल्म ‘लभ यू हमेशा’ को नयाँ प्रदर्शन मितिसहित अफिसियल टीजर सार्वजनिक भएको छ । यसअघि भाद्र ६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म पोस्टपोन्ड भएर भाद्र २७ मा पुगेको छ । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको निर्माण टिमले बताएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-07-21, आईतवार

एक्सन भूमिकामा रुचाइएका अभिनेता प्रज्वल गिरी र अभिनेत्री नीता ढुंगानाले पहिलो पटक अनस्क्रिन रोमान्स गरेको फिल्म ‘सोच’ को अफिसियल टीजर सार्वजनिक भएको छ । टीजर एक्सनयुक्त छ । नीता र प्रज्वलको प्रेम र रोमान्सलाई पनि स्थान दिइएको छ । निर्माण टिमले फिल्म एक्सन-लभस्टोरी जनरामा निर्माण भएको बताएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-07-20, शनिवार

अहिलेकी चल्तीकी अभिनेत्री साम्राज्ञी आरएल शाहको रिल लाइफको चर्चा जति हुन्छ त्योभन्दा कम हुँदैनन् रियल लाइफको पनि । उनको रिल र रियल लाइफ दुबै हिट छ । पर्दामा बोल्ड भूमिकामा प्रस्तुत हुँदै आएकी उनलाई विवादले पनि केही वर्षयता राम्रै पछ्याइरहेको छ । कहिले गाउँले भूमिका गर्न अस्वीकार गरेको कारणले उनको आलोचना भयो त कहिले दायाँ स्तनमुनी खोपेको ट्याटुको तश्विर बाहिरिएपछि विवादमा फसिन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-07-20, शनिवार

महिला केन्द्रित फिल्म बताइएको ‘सरौतो’ को टीजर सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको ‘कुले दाई’ बोलको गीतले फिल्मको हाइप निर्माणमा महत्त्वपूर्ण भूमिका खलिरहेको अवस्थामा निर्माण टिमले शुक्रबार साँझ एक्सनयूक्त टीजर सार्वजनिक गरेको हो । टीजरमा अभिनेत्री सुमी मोक्तानलाई एक्सन अवसरमा देख्न सकिन्छ । अभिनेता सन्नी सिंहसँग उनको लभ र रोमान्सलाई पनि विशेष स्थान दिइएको छ । 

एजेन्सी, मुम्बई, 2019-07-20, शनिवार

हिन्दी फिल्मको पहिलो सुपरस्टार राजेश खन्नाको निधन सन् २०१२ मा मुम्बईमा भएको थियो । २९ डिसेम्बर १९४२ मा पञ्जाबको अमृतसरमा जन्मिएका उनको वास्तविक नाम जतिन खन्ना हो । बलिउडमा सबै प्रेमले उनलाई ‘काका’ नामले बोलाउने गर्दथे । उनले आफ्नो फिल्म करिअरमा थुप्रै सुपरहिट फिल्म दिएका थिए । कलाकारको रुपमा उनले आफ्नो जुन छाप छाडेका छन्, मानिसहरु उनलाई आज पनि याद गर्दछन् ।

Results : 9565 - 9570 of 24024
Most Visited News (monthly)