Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9571 - 9576 of 24024
फिल्मीखबर, काठमाडौं, 2019-07-19, शुक्रवार

यही साउन १० गतेबाट देशभर प्रदर्शनमा आउन लागेको पारिवारिक प्रेमकथामा आधारित बताइएको फिल्म ‘एकलव्य’ को दोस्रो गीत सार्वजनिक भएको छ । अघिल्लो गीत ‘पूर्वै चल्नेया रेल...’ लाई दर्शकले रुचाएपछि निर्माण टिमले ‘मलाई बनायौ किन ?’ बोलको नयाँ गीत सार्वजनिक गरेको हो । 

फिल्मीखबर, काठमाण्डौ, 2019-07-19, शुक्रवार

नेपालमा विरलै हरर जनरामा फिल्म बन्ने गर्दछन् । वर्षमा एउटा पनि मुश्किलले निर्माण हुन्छ । बलिउड र हलिउडका हरर फिल्मले नेपालमा राम्रो व्यापार गर्ने गरेता पनि नेपाली हरर फिल्मले भने अहिलेसम्म दर्शक रिझाउन सकेका छैनन् । न त व्यापार नै गतिलो गर्न सकेका छन् । वर्षौदेखि कमेडी र लभस्टोरी फिल्मकै विगविगि छ । फ्लप हुने डरले निर्माताले हरर जनरा रोज्ने गरेका छैनन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-07-19, शुक्रवार

नारी संवेदनामाथि फिल्म बनाउन सिपालु निर्देशक नवल नेपाल निर्देशित फिल्म ‘मारुनी’ को दोस्रो गीत इन्टरनेट रिलिज भएको छ । ‘जाम्न माया जाम’ बोलको गीतले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले शुक्रबार बिहान फिल्मको रोमान्टिक नम्बर सार्वजनिक गरेको हो । 

फिल्मीखबर, काठमाण्डौ, 2019-07-19, शुक्रवार

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रेमकथा वाचन गरेको फिल्म ‘सानो मन’ ले शुक्रबारबाट दोस्रो हप्तामा प्रदर्शन थालनी गरेको छ । प्रदर्शनको पहिलो हप्ता बक्सअफिसमा अपेक्षाकृत व्यापार गर्न नसके पनि फिल्मलाई दर्शकबाट निकै राम्रो प्रतिक्रिया मिलेको छ । निर्माण टिम पनि दर्शक प्रतिक्रियाबाट दंग छ । निर्देशक, छायाँकार र कलाकारको कामको दर्शक र फिल्मकर्मी सबैले मुक्तकण्ठले प्रशंसा गरेका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-07-19, शुक्रवार

गएको जेठमा प्रदर्शनमा आएको मल्टीस्टारर फिल्म ‘जात्रै जात्रा’ पछि हप्तैपिच्छे प्रदर्शनमा आएका कुनै नेपाली फिल्मले निर्माताको खल्ती भर्न सकेका छैनन् । न त दर्शकलाई नै सन्तुष्ट बनाउन सकेका छन् । हरेक हप्ता निर्माताको करोडौंको लगानी बालुवामा पानी भइरहँदा शुक्रबारबाट नेपालमा विरलै निर्माण हुने हरर जनराको फिल्म ‘घर’ ले प्रदर्शन थालेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-07-18, बिहिवार
Results : 9571 - 9576 of 24024
Most Visited News (monthly)