Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9547 - 9552 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-07-26, शुक्रवार
फिल्मीखबर, काठमाण्डौ, 2019-07-25, बिहिवार

कुनै समय नेपाली फिल्ममा लोभलाग्दो क्रेज र स्टारडम भएका अभिनेता दीलिप रायमाझी पछिल्लो केही वर्षयता अभिनयबाट टाढा छन् । नेपाली फिल्ममा नयाँ पुस्ताको आगमन बाक्लिएसँगै उनको क्रेज खस्किएको थियो । र, उनी विस्तारै अभिनयबाट टाढा भए । यद्यपि, उनी फाट्टफुट्ट म्यूजिक भिडियोमा भने झुल्किरहेका हुन्छन् । तर, उनलाई फिल्ममा दर्शकले नदेखेको धेरै भइसकेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-07-25, बिहिवार

अभिनयको कहिल्यै चर्चा नभए पनि अभिनेत्री आँचल शर्माको हातमा फिल्मको कमी भने छैन । डिमान्डेड अभिनेत्रीको सूचीमा उनको नाम अग्रणी स्थानमा आउँछ । पछिल्लो पटक फिल्म 'दात भात तरकारी' मा देखिएकी थिइन्, उनी । यो फिल्मले बक्सअफिसमा राम्रो पैसा कमाए पनि उनको अभिनयको तारिफ भएन । हुनत, फिल्मले पनि राम्रो प्रतिक्रिया बटुल्न सकेको थिएन । यद्यपि, हलमा भने फिल्मले ५१ दिन मनायो । 

फिल्मीखबर, काठमाण्डौ, 2019-07-25, बिहिवार
फिल्म निर्माता सुवास गिरी आफैले निर्देशन गर्ने तयारी गरेका छन् । उनले निर्देशन गर्ने 'नन्दुलाल' नाम दिईएको फिल्ममा खगेन्द्र लामिछानेको प्रमूख भूमिका रहने बताईको छ । यसअघि 'कृ', 'नोभेम्बर रेन', 'पर्व' लगायतका फिल्म बनाएका गिरीले 'नन्दुलाल'को निर्माण पनि आँफैले गर्नेछन् । चलचित्र खगेन्द्रले लेखिरहेका छन् । खगेन्द्रको फिल्म 'पानीफोटो' छायांकन पश्चात यो फिल्म फ्लोरमा जाने बताईएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2019-07-24, बुधवार
बहुबिवाह गरेको उजुरीपछि चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्द पक्राउ पुर्जी जारी भएको छ । ओझाकी पहिलो श्रीमती हेमाको उजुरीपछि जिल्ला अदालत, काठमाडौंले बहुबिवाह कसुरमा उनिहरुलाई पक्राउ गर्न आदेश दिएको हो ।
Results : 9547 - 9552 of 24024
Most Visited News (monthly)