Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9553 - 9558 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-07-24, बुधवार
लभस्टोरी फिल्म ‘लभ यु हमेशा’ को टिजर रिलीज भएको छ । टीजरसँगै नयाँ रिलीज मिति पनि तोकिएको छ । भदौ ६ मा रिलिज भनिएको यो चलचित्र अब भने भदौ २७ मा रिलीज हुने बताईएको छ । फिल्मको प्राबिधिक कार्यमा केही समय लाग्ने भएकाले फिल्म तीन साता पर सरेको निर्माण पक्षले बताएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2019-07-24, बुधवार

नेपाली फिल्म 'साइनो'को आइटम गीत रिलीज गरिएको छ । मंगलबार इन्टरनेटमा रिलीज गीतमा नायिका नीता ढुंगानाले नृत्य गरेकी छन् भने साथमा नायक राजकुमार र राजा राजेन्द्र पोखरेल पनि छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2019-07-23, मंगलवार
नेपाली फिल्म क्षेत्रमा विदेशी फिल्मको दबदबालाई मेटाउन मुश्किल भईरहेको छ । त्यसको एक उदाहरण हो, दक्षिण भारतिय फिल्म 'साहो' । साहोको रिलीज मिति परिवर्तन हुँदा नेपाली फिल्महरुलाई सास्ती भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2019-07-23, मंगलवार
एउटा पनि फिल्ममा अभिनय नगरेतापनि दर्शकसामु चर्चित छन्, मनिष राउत । बिशेष गरी उनको लुक्सबाट प्रभावित दर्शकले उनलाई यसै बर्ष 'प्रेम गीत ३'मा हेर्न पाउनेछन् । जब उनि उक्त फिल्मको लागि छानिए तब देखी नै उनको हलसम्मको प्रतिक्षा दर्शकले गर्न थालिसकेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2019-07-22, सोमवार

यस वर्षको बहुप्रतिक्षीत फिल्म मध्येको एक ‘कबड्डी कबड्डी कबड्डी’ को पहिलो गीत सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको टीजरलाई दर्शकले अत्याधिक रुचाएपछि निर्माण टिमले फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा लोक लयको ‘दुबो फूल्यो’ बोलको गीत सोमबार सार्वजनिक गरेको हो । यो गीतले बजार तताउने छनक देखाएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-07-22, सोमवार

कुनै समय नेपाली फिल्ममा आफ्नो राम्रो स्थान बनाएका अभिनेता रमित ढुंगाना गएको तीन वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘बुद्ध वर्न इन नेपाल’ पछि पर्दामा देखिएका छैनन् । यसबीच, उनले तीन वर्षपछि नेपाली फिल्ममा कमब्याक गरेका छन् । १८ लाख पारिश्रमिक बुझेको चर्चा भएको फिल्म ‘राजा साहेब’ मा उनी प्रमुख भूमिकामा देखिँदैछन् । 

Results : 9553 - 9558 of 24024
Most Visited News (monthly)