
केही समययता अहिलेका चल्तीका अभिनेता प्रदीप खड्काको प्रमुख भूमिका रहने फिल्म ‘प्रेमगीत ३’ को बारेमा जो कोहीलाई सर्वाधिक चासो छ । निर्देशकको रुपमा छेतेन गुरुङ र सन्तोष सेनको प्रवेशसँगै प्रमुख भूमिकामा पुराना अभिनेता शिव श्रेष्ठ, चाइल्ड स्टार अनुभव रेग्मी, नव-अभिनेता मनिष राउत र २७ सय बढी युवतीलाई उछिन्दै ‘गीत’ क्यारेक्टरमा क्रिस्टिना गुरुङ छानिएपछि चैत २८ मा रिलिज हुने यो फिल्मको चर्चा निकै चुलिएको छ ।

लामो समय नेपाली फिल्ममा विभिन्न विधामा रहेर काम गरेका कलाकार, छायाँकार, कोरियोग्राफर, द्वन्द्व निर्देशक तथा निर्माताले फिल्म निर्देशनमा पनि हात हालिसकेका छन् । तर, एकाध मात्र सफल ठहरिएका छन् । अधिकांशले असफलताको स्वाद चाखेका छन् । यसबीच, फिल्म निर्देशनमा ‘लुट’ जस्तो चर्चित फिल्म बनाएका निर्माता माधव वाग्लेले पनि हात हाल्ने भएका छन् ।


नेपाली फिल्मका चर्चित निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको घर झगडाले केही दिनयता जो कोहीको ध्यान आकृष्ट गरेको छ । तीन वर्ष अगाडि चौथो श्रीमतीको रुपमा छविको घर भित्रिएकी शिल्पाले गएको महिना प्रहरी परिसर टेकुमा घरेलु हिंसा गरेको उजुरी दिएकी थिइन्, श्रीमान् ओझाविरुद्ध । प्रहरी कार्यालयमा दुईले अब कहिल्यै झगडा नगर्ने भन्दै कागजी सहमति गरे पनि शिल्पा भने असुरक्षित महसुस गर्दै घर नफर्किने अडानमा छिन् ।

विशारद बस्नेत र मिराज रोशको संयुक्त निर्देशन रहेको फिल्म ‘न यता न उता’ को आइतबार अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु सबैलाई स्थान दिइएको छ । साउन १७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म कमेडी विषयवस्तुमा निर्माण भएको सार्वजनिक पोस्टरले प्रस्ट्याउँछ ।

नेपालमा ‘अनसक्सेस’ जनरा मानिन्छ, हरर । हलिउड र बलिउडका हरर फिल्मले नेपालमा राम्रो पैसा छाप्ने गरेता पनि नेपाली हरर फिल्मले भने पोस्टरको समेत पैसा उठाउन सकेका छैनन् । यद्यपि, वर्षमा एक/दुईवटा फिल्म भने बन्ने गरेका छन् । गत वर्ष हरर फिल्म ‘सुनकेसरी’ प्रदर्शन भएको थियो । यस वर्षका लागि फिल्म ‘घर’ रिलिज भएको छ । दुबै फिल्मका निर्देशक अर्पण थापा हुन् ।

