
बलिउड अभिनेता आयुष्मान खुरानाको फिल्म ‘बधाई हो’ गत वर्ष प्रदर्शनमा आएको थियो । अब यो फिल्मको तेलुगू रिमेक निर्माण हुने भएको छ । फिल्ममा लिड रोल साउथका सुपरस्टार नागा चैतन्यले निर्वाहा गर्नेछन् । ‘बधाई हो’ मा लिड रोल आयुष्मानले निभाएका थिए र 'दंगल' गर्ल सान्या मल्होत्रा, नीना गुप्ता, गजराज राव, सुरेखा सीकरीलगायतका कलाकारको अभिनय थियो ।
यो फिल्म दर्शकलाई निकै मन परेको थियो । फिल्मले बक्सअफिसमा पनि जबरजस्त व्यापार गर्न सफल भएको थियो । यसको असफलतापछि अब ‘बधाई हो’ को तेलुगू रिमेक निर्माण गरिँदैछ । एक वेबसाइटको रिपोर्ट अनुसार, फिल्मको तेलुगू रिमेकलाई बलिउडका चर्चित निर्देशक बोनी कपूरले निर्माण गर्नेछन् । भने, आयुष्मानले निर्वाहा गरेको रोल अभिनेता नागा चैतन्यले गर्नेछन् ।
यो फिल्ममा आयुष्मान खुरानाले २५ वर्षको नकुल कौशिक नामको यस्तो व्यक्तिको भूमिका निर्वाहा गरेका थिए, जसको आमा गर्भवती हुन्छिन् । त्यसपछि उसले समाज र आसपासका मानिसबाट अनेकन समस्याको सामना गर्नुपर्छ । यो स्थितिलाई फिल्ममा निकै रोचक तरिकाले देखाइएको छ । आयुष्मानले फिल्ममा गरेको अभिनयको निकै प्रशंसा भएको थियो ।
‘बधाई हो’ को तेलुगू रिमेकमा नागाबाहेक अरु कलाकारको टुंगो लागेको छैन । चाँडै फिल्मको औपचारिक निर्माण घोषणा गर्ने तयारीमा निर्माण टिम छ । तेलुगू रिमेकमा फिल्मको कथामा केही परिवर्तन गरिनेछ । अहिले बलिउडमा साउथ फिल्मको हिन्दी रिमेक निर्माण गर्ने कल्चर बढ्दो छ । तात्तातो उदाहरण ‘कबीर सिंह’ हो । तर, यसपटक हिन्दी फिल्मको तेलुगू रिमेक बन्दैछन् ।

