Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

दशैंदेखि आउने फिल्म हलहरु कहाँ-कहाँ छन् ?

फिल्मीखबर, काठमाण्डौ, 2019/09/15
प्रविधिअनुसार चल्न नसक्दा सिंगल थिएटरहरु विस्तारै विस्थापित भइरहेका छन् । भने, मल्टीप्लेक्सको उदय तिव्र गतिमा भइरहेको छ । टिकट मुल्य महँगो भए पनि उच्च क्वालिटीमा फिल्म हेर्न पाइने हुँदा अहिले दर्शकको मल्टीप्लेक्समा आकर्षण बढ्दो छ । त्यसैले केही वर्षयता राजधानी भित्र र बाहिर मल्टीप्लेक्सको विस्तार तिव्र गतिमा भइरहेको छ । 
 
यसबीच, आउँदो दशैंपछि काठमाण्डौ र मोफसलमा थप १५ मल्टीप्लेक्स हल थपिने भएका छन् । काठमाण्डौं र मोफसलमा गरेर सात मल्टिप्लेक्स दशैं छेकोबाट संचालनमा आउनेछन्, जसमा क्यूएफएक्सका तीन मल्टिप्लेक्स छन् । भक्तपुर, बिराटनगर र भैरहवामा रेगल सिनेमाले ७ पर्दासहितका तीन मल्टिप्लेक्सलाई अन्तिम रुप दिँदैछ । 
 
 
यी हललाई व्यवस्थापनका लागि क्यूएफएक्सलाई हस्तान्तरण गरिनेछन् । त्यस्तै, काठमाडौंको गोंगबुमा नर्थ सिनेमा र ल्होत्से नाम दिइएको चार स्क्रिनसहितका दुई मल्टिप्लेक्स दशैंपछि सञ्चालनमा आउने जानकारी प्राप्त छ । यसले गोंगबु, बालाजु, चक्रपथलगायतका दर्शकलाई तान्नेछ । यही ग्रुपले चितवनस्थित सीजी भवनमा पनि मल्टीप्लेक्स खोल्दैछ । 
 
काठमाडौंको नयाँ बानेश्वरमा नवनिर्मित आइप्लेक्स भवनमा वान सिनेमाज् सञ्चालनमा आउँदैछ । यो हल फिल्म निर्माता प्रज्वल सम्सेर जबराको टिमले सञ्चालनमा ल्याउन लागेको हो । यो हल दुई पर्दाको हुनेछ । पुरानो शिवदर्शन हललाई भत्काएर बनाइएको मलमा फिल्म हल बनेको हो । अहिले नेपालभर मल्टीप्लेक्स र सिंगल पर्दा गरि डेढ सय हल सञ्चालनमा छन् । 
Most Visited News (monthly)