Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

१२ वर्षपछि फिल्म निर्देशनमा फर्किँदै भुषण दाहाल

फिल्मीखबर, काठमाण्डौ, 2019/09/18
 
नेपाली उखान छ, ‘बगेको खोला १२ वर्षपछि पनि फर्किन्छ ।’ बगेको खोला फर्किन्छ वा फर्किँदैन थाहा छैन तर निर्देशक तथा चर्चित सञ्चारकर्मी भुषण दाहाल भने फिल्म निर्देशनमा करीब १२ वर्षपछि फर्किने भएका छन् । दशक अगाडि उनले फिल्म ‘कागबेनी’ निर्देशन गरेका थिए । यो नेपालको पहिलो डिजिटल फिल्म हो । त्यसअघि नेपाली फिल्म रिलमा खिचिन्थ्यो । 
 
नेपाली फिल्ममा डिजिटल यात्राको सुरुवात गर्न महत्त्वपूर्ण भूमिका निर्वाहा गरेका निर्देशक दाहालले सन् २००८ मा आएको ‘कागबेनी’ पछि भाट्टफुट्ट म्यूजिक भिडियोको निर्देशन गरेता पनि फिल्म निर्देशनबाट भने टाढा थिए । त्यसको कारण उनी आफ्नो व्यस्तता मान्छन् । हाल कान्तिपुर टेलिभिजनको जीएम रहेका उनी अब फिल्म निर्देशनमा फर्किने तयारीमा छन् ।
 
प्राप्त जानकारी अनुसार, उनले तिहार सकिएपछि फिल्मको छायांकन सुरु गर्नेछन् । सम्भवतः फिल्मको निर्माण घोषणा दशैं अगावै हुनेछ । उनले १२ वर्षपछि फिल्म निर्देशनमा फर्किन लाग्दा आफूमा दबाब र उत्साह दुबै मिसिएको बताएका छन् । फिल्ममा कान्तिपुर मिडिया ग्रुपको लगानी रहने बताइएको छ । तर, यस विषयमा आधिकारिक जानकारी प्राप्त भएको छैन । 
 
६५ वर्षिय एक वृद्ध पात्रलाई मुख्य भूमिकामा लिएर भुषणले फिल्म निर्देशन गर्न लागेका हुन् । बदलिएको नेपाली फिल्मको ट्रेन्डको परिप्रेक्ष्यमा काम गर्न लागेको उनको भनाई छ । १२ वर्षपछि फिल्म निर्देशनमा फर्किन लागेका कारण आफू निकै उत्साहित रहेको उनी बताउँछन् । प्राप्त जानकारी अनुसार, अहिले उनी फिल्मका लागि कलाकार छनोटमा जुटेका छन् । 
 
तस्वीर सौजन्य : कान्तिपुर
Most Visited News (monthly)