Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

किस सिनका कारण सलमानले गरेनन् ‘इन्शाअल्लाह’

एजेन्सी, मुम्बई, 2019/09/17
वर्ष १९९९ मा प्रदर्शनमा आएको ब्लकबस्टर फिल्म ‘हम दिल दे चुके सनम’ पछि निर्देशक सञ्जय लिला भन्साली र बलिउड सुपरस्टार सलमान खानबीच टिमअप भएको छैन । पटक-पटक दुईबीच टिमअपको प्रयास भए पनि विभिन्न कारणले सम्भव हुन सकेन । बल्लतल्ल फिल्म ‘इन्शाअल्लाह’ मा १९ वर्षपछि दुई सँगै काम गर्न तयार भएका थिए । तर, यो प्रोजेक्ट पनि अन्योलतातर्फ धकलिएको छ । 
 
सलमानले फिल्म ‘दबंग ३’ को छायांकन पूरा गरेलगत्तै निर्देशक भन्साली ‘इन्शाअल्लाह’ सुरु गर्ने तयारीमा थिए । फिल्ममा सलमानसँग अभिनेत्री आलिया भट्टको जोडी बाँधिएको थियो । तर, अन्तिम समयमा निर्देशक र अभिनेताबीच असमझदारी उत्पन्न भएपछि फिल्मको निर्माण स्थगित भएको छ । अहिले यो फिल्म अभिनेता शाहरुख खानले गर्न लागेको चर्चा छ । तर, निर्देशक भन्सालीले यसको पुष्टि गरेका छैनन् । 
 
 
यसबीच, सलमानले ‘इन्शाअल्लाह’ छाड्नुको ठूलो कारण बाहिरिएको छ । पर्दामा कहिल्यै कुनै अभिनेत्रीसँग चुम्बन सिन नदिने कसम खाएका उनले यो फिल्ममा आलियालाई थुप्रै पटक चुम्बन गर्नुपर्ने सिन थियो । फिल्मबाट चुम्बन सिन हटाउन उनले निर्देशक भन्सालीलाई पटक-पटक आग्रह गरेका थिए । तर, निर्देशक भन्साली तयार नभएपछि सलमानले फिल्म छाडेको भारतीय मिडियाले बताएका छन् ।
 
लभस्टोरी बेस्ड फिल्म हुने ‘इन्शाअल्लाह’ भेट्रान निर्देशक भन्सालीको ड्रिम प्रोजेक्ट बताइएको छ । यो फिल्मका लागि ५ करोडभन्दा बढी प्रि-प्रोडक्सनमा खर्च भइसकेको छ । निर्माण अगावै फिल्मको थिएटर राइट्स १ सय ९० करोड भारुमा विक्री भएको चर्चा छ । तर, अब यो फिल्म बन्ने वा नबन्नेमै अन्योलता सृजना भएको छ । फिल्मले ४० वर्षको पुरुष र २० वर्षे युवतीको प्रेमकथा वाचन गर्ने बताइएको छ । 
Most Visited News (monthly)