
नेपालमा कलाकारको अभिनयको भन्दा पारिश्रमिकको बढी चर्चा हुने गरेको छ । पारिश्रमिक धेरै बुझ्नेलाई नेपाली फिल्मको सबैभन्दा ठूलो 'स्टार' मान्ने संस्कारको विकास भइरहेको अवस्थामा अभिनय टिठलाग्दो भए पनि पारिश्रमिक बढी डिमान्ड गरेर वा लिएर आफूलाई सबैभन्दा अगाडि देखाउन नेपाली कलाकारबीच गजबकै तछाडमछाड चल्ने गरेको छ । बजारको चर्चालाई सत्य मान्ने हो भने अहिले चलेका अभिनेताको पारिश्रमिक ५० लाख र अभिनेत्रीको २० लाख छ ।

केही समययता सर्वाधिक चर्चामा छ फिल्म ‘प्रेमगीत ३’ । सफल चलचित्रको तेस्रो सिरिज भएका कारण दर्शकमा यो फिल्मप्रति निकै चासो छ । यो फिल्ममा प्रमुख भूमिकामा अहिलेका चल्तीका अभिनेता प्रदीप खड्का देखिँदैछन् । भने, उनीसँग फिल्ममा नव-अभिनेत्री क्रिस्टिना गुरुङले रोमान्स गर्नेछिन् । २७ सय युवतीलाई उछिन्दै उनी 'गीत' क्यारेक्टरमा अनुबन्ध भएकी थिइन् ।

केही वर्षदेखि ‘नाईं नभन्नू ल’ सिरिज निर्माण गर्दै आइरहेका भेट्रान निर्देशक विकासराज आचार्य निर्देशित नयाँ फिल्म ‘हजार जुनीसम्म’ को शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । पारिवारिक प्रेमकथामा आधारित भएर निर्माण भएको बताइएको यो फिल्मको ट्रेलर निकै कन्फ्यूजन छ । को-कसको जोडी भन्ने छुट्याउन गाह्रो पर्छ ।

अभिनेत्री नम्रता श्रेष्ठ स्टारर फिल्म ‘जाइरा’ को आइटम गीत सार्वजनिक भएको छ । शुक्रबार निर्माण टिमले सार्वजनिक गरेको ‘यो मात चढेको साँझ’ बोलको गीतमा मीना निरौलाको स्वर रहेको छ । यो गीत पुरानो फिल्म ‘मनको बाँध’ मा रहेको गीतको रिमेक हो । ओर्जिनल गीतमा भने मिरा राणाको स्वर रहेको थियो । किरण खरेलले शब्द रहेको गीतमा शिव शंकरको संगीत छ ।

रातारात कुनै स्टारले आफ्नो फिल्म सुपरहिट भएपछि पारिश्रमिक निकै बढाउने गर्दछन् । यो फिल्म इन्डस्ट्रीमा सामान्य कुरा हो । केही दिन अगाडि फिल्म ‘कबीर सिंह’ को सफलतापछि अभिनेता शाहिद कपूरले पनि आफ्नो पारिश्रमिक ४० करोड पुर्याएका छन् । यो फिल्मपछि उनलाई फिल्मको अफर बाक्लै आइरहेको छ । र, पारिश्रमिक पनि चर्को माग गरिरहेका छन् ।

आउँदो भाद्र १३ गतेबाट प्रदर्शनमा आउन लागेको सुपरहिट फिल्म ‘कबड्डी’ को तेस्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’ को आइतबार सार्वजनिक भएको पहिलो गीत ‘दुबो फूल्यो’ को उठान (संगीत) संगीतकार आलोकश्रीको ‘कहिले फोटो सिरानीमा’ गीतको संगीतसँँग मिलेपछि विवाद सतहमा आएको थियो । आलोकश्रीले सहमति नजुटे कानुनी उपचार खोज्ने भन्दै फिल्मको निर्माण टिमलाई चेतावनी समेत दिएका थिए । अन्ततः आपसी समझदारीमा गीत विवाद सुल्झिएको छ ।

