Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘माया पिरिम’ पोस्टरमा रोमान्टिक कोशिश

फिल्मीखबर, काठमाण्डौ, 2019/09/20
 
मंसिर २० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै टेक पौरखी राई निर्देशित फिल्म ‘माया पिरिम’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । फिल्मको थिमअनुसार तयार पारिएको दुई पोस्टरमा कोशिश क्षेत्री, किरण चन्द, अन्जली अधिकारी, अर्जुन गुरुङलगायतका कलाकारहरु फिचर्ड छन् । पोस्टरले नै फिल्म लभस्टोरी कथामा निर्माण भएको प्रस्ट्याउँछ । 
 
यो फिल्मको कथा सविन अधिकारीले लेखेका हुन् । प्रविन थापा र सविन अधिकारीको निर्माणमा बनेको फिल्ममा सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्मातामा रहेका छन् । ‘माया पिरिम’ मा मोहन मरासैनी र युवराज दाहाल सह-निर्मातामा रहेका छन् । निरज कँडेलले फिल्म खिचेका हुन् । भने, जीवन थापाको काँधमा सम्पादनको जिम्मेवारी छ । 
 
सलोन बस्नेत, कालु राना, जयनन्द लामा, अरुणा कार्की, अनुपमा भण्डारी, विशाल पहाडी, टेक पौरखी राई, सागर बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्ममा श्री श्रेष्ठको द्वन्द, कोशिश क्षेत्रिको संगीत, शिशिर खातीको कोरियोग्राफी रहेको छ । निर्देशक राईले युवापुस्तालाई लक्षित गरेर ‘माया पिरिम’ निर्माण गरेको बताए । 
Most Visited News (monthly)