Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मिडियादेखि किन तर्किइन् शिल्पा ?

फिल्मीखबर, काठमाण्डौ, 2019/09/20
आफूभन्दा आधा उमेर बढि फिल्म निर्माता छविराज ओझासँग विवाह गरेकी अभिनेत्री शिल्पा पोखरेलका लागि यो वर्ष न सम्झनलायक न त विर्सनलायक नै बनेको छ । गएको असारमा उनले श्रीमान् ओझाविरुद्ध प्रहरीमा घरेलु हिंसाको उजुरी दिइन् । प्रहरीले दुबैलाई अब कहिल्यै झगडा नगर्ने सम्झौता गराएर घर पठायो । तर, शिल्पा छविको घर गइनन् । अब सँगै बस्न नसक्ने भन्दै उनले डिभोर्सको फाइल अदालतमा पेश गरिन् ।  
 
यही बेला कथामा नयाँ ट्वीस्ट आयो । छविराज ओझाकी जेठी श्रीमति हेमा ओझाले श्रीमान् ओझा र शिल्पाविरुद्ध बहुविवाहको मुद्दा दर्ता गरेर तत्काल कारवाहीको माग गरिन् । यो ट्वीस्टले ओझाको आधा अंश दाबी गर्दै अदालतमा डिभोर्स फाइल दर्ता गरेकी शिल्पालाई ठूलो झट्का लाग्यो । हेमाले बहुविवाहको उजुरी हालेपछि काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनले छविराज र शिल्पा दुबैलाई पक्राउ गर्न आदेश जारी गर्‍यो ।  
 
 
दुबै अदालतले पक्राउ गर्न अन्तरिम आदेश जारी गरेपछि केही हप्ता लुकेर हिँडेकी शिल्पाले गएको महिना 'निषेधाज्ञा आदेश पाऊँ' भन्दै सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन् । त्यसको सुनुवाई गर्दै अदालतले तत्काल शिल्पालाई पक्राउ नगर्न आदेश जारी गर्‍यो । यसपछि उनको तनाव कम भएको थियो । अहिले उनी सामान्य जीवनमा फर्किएकी छन् । फेरि पहिलाजस्तो सार्वजनिक कार्यक्रममा देखिन थालेकी छन् । 
 
सर्वोच्च अदालतको आदेशपछि उनी दोस्रो पटक बिहीबार फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को भव्य प्रिमियरमा उपस्थिति भइन् । यसअघि उनी ‘राष्ट्रिय चलचित्र पुरस्कार’ कार्यक्रममा देखिएकी थिइन् । तर, उनी दुबै ठाउँमा मिडियासँग तर्किइन् । फिल्मप्रति ठूलो अपेक्षा रहेको भन्दै हल छिरेकी शिल्पा ‘कबड्डी ३’ हेरेपछि भने कुनै प्रतिक्रिया नदिइ लुसुक्क निर्देशक सम्झना रौनियार (शिल्पाले दाई बनाएको विकास रौनियारकी श्रीमती) सँग घर लागिन् । 
 
मिडियासँग आमने-सामने हुँदा छविराज ओझासँग सम्बन्धित प्रश्नको वर्षात हुने बुझेरै उनी फिल्मको विषयमा पनि कुनै प्रतिक्रिया नदिइ लुसुक्क बाहिरिएको बुझ्न गाह्रो पर्दैन । हेमाले दर्ता गरेको बहुविवाहको मुद्दाको सुनुवाई गर्दै काठमाडौं र पाटन अदालतले पक्राउ आदेश जारी गरेपछि तनावमा रहेकी उनले सर्वोच्चको आदेशपछि भने खुसीको सास फेरेकी छन् । तर, बहुविवाहको मुद्दामा ‘क्लिन चिट’ नपाएकाले उनी अझै तनावबाट मुक्त भने भएकी छैनन् । 
Most Visited News (monthly)