Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमानले किन रोके ‘नो इन्ट्री’ को सिक्वेल ?

एजेन्सी, मुम्बई, 2019/09/21
 
अहिले बलिउड सुपरस्टार सलमान खान आफ्नो नयाँ फिल्म ‘दबंग ३’ को छायांकनमा व्यस्त छन् । फिल्मको मोसन पोस्टर पनि सार्वजनिक भइसकेको छ । अब उनका प्रशंसकलाई फिल्मको ट्रेलरको व्यग्र प्रतिक्षा छ । केही दिनयता सलमानले ‘दबंग ३’ पछि दशक अगाडिको सुपरहिट फिल्म ‘नो इन्ट्री’ को सिक्वेलको छायांकन सुरु गर्ने चर्चा चलेको छ । 
 
तर, वास्तवमा यस्तो हुने लक्षण देखिएको छैन । सलमानले यो फिल्मको सिक्वेल गर्न नमानेको भारतीय मिडियाले बताएका छन् । फिल्ममा अभिनेता अनिल कपूर पनि हुने बताइएको छ । तर, उनीसँग तत्काल कुनै डेट्स नभएपछि सलमानले नै फिल्मको छायांकन रोकेको जानकारी प्राप्त छ । उनले अनिल बिना फिल्मको छायांकन गर्न चाहेका छैनन् । 
 
‘नो इन्ट्री’ को छायांकन रोकिनुमा सलमानको व्यस्तता पनि प्रमुख मानिएको छ । उनी चाँडै ‘विग बोस १३’ र फिल्म ‘किक २’ को छायांकनमा व्यस्त हुँदैछन् । अनिल र सलमान दुबैको डेट्स क्लियर भएपछि मात्र यो फिल्मको छायांकन सुरु हुनेछ । २००५ मा रिलिज भएको यो एक कमेडी फिल्म थियो, जसले बक्सअफिसमा जबरजस्त व्यापार गरेको थियो ।
 
फिल्ममा सलमान, अनिल कपूरका अलावा फरदीन खान, बिपाशा बासु, लारा दत्ता, ईशा देओल, बोमन ईरानी र सेलिना जेटलीलगायतका कलाकारहरुको अभिनय थियो । फिल्मलाई अनीस बाज्मीले निर्देशन गरेका थिए । लामो समयदेखि यो फिल्मको सिक्वेललाई चर्चा चलेको थियो । सम्भवतः अब यो फिल्म सलमानले ‘किक २’ भ्याएपछि सुरु हुनेछ । 
Most Visited News (monthly)