Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9523 - 9528 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-07-30, मंगलवार

बेला बखतमा नेपाली कलाकारको पारिश्रमिकको मुद्धा निकै चर्चामा आउने गरेको छ । अहिले केही सीमित चलेका कलाकारले १०/१५ लाखको कुरै गर्न छाडिसके । अभिनेता द्वय अनमोल केसी र प्रदीप खड्का ५० लाखको कुरा गर्छन् । अभिनेत्री साम्राज्ञी आरएल शाह १६ लाखभन्दा तल झरेर कुरै गर्दिनन् । अर्की अभिनेत्री पूजा शर्मा २० लाखभन्दा माथिको कुरा गर्न थालेकी छन् । बजारमा चलेको कलाकारको पारिश्रमिक सुन्दा यस्तो लाग्छ, नेपाली फिल्मले ५० करोडभन्दा माथिको व्यापार गर्न थालिसकेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-07-30, मंगलवार

सपनासँग जोडिएको जिन्दगीको कथामा फिल्म ‘आधा सुर’ निर्माण हुने भएको छ । अशिन पौडेलको निर्देशनमा बन्न लागेको यो फिल्मको मंगलबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरियो । भदौ दोस्रो साताबाट छायांकन सुरु हुने फिल्म काठमाडौंमा र पोखरामा खिचिनेछ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-07-30, मंगलवार

पछिल्लो केही समययता गीतको संगीत चोरीको आरोप एकपछि अर्को संगीतकारमाथि लागिरहेको अवस्थामा एउटा पुरानो आइटम गीतमा संगीत नै नभरेका संगीतकारको नाम राखेर युट्युबमा सार्वजनिक भएपछि यसले विवादको रुप लिएको छ । सन् १९७४ मा प्रदर्शनमा आएको शाही नेपाल चलचित्र संस्थानद्वारा निर्मित तथा प्रकाश थापा निर्देशित फिल्म 'मनको बाँध' मा समावेश ‘यो मात चढेको साँझ’ गीतमा शिव शंकरको संगीत र बरिष्ठ गीतकार किरण खरेलको शब्द छ । 

एजेन्सी, मुम्बई, 2019-07-30, मंगलवार

नेपाली फिल्मका महानायक राजेश हमाललाई भारतीय मिडियाले बलिउड अभिनेता अमिताभ बच्चनसँग दाँजेको छ । भारतको सबैभन्दा विश्वासिलो अनलाइन मानिने आजतकका लागि पत्रकार प्रिया शान्डिल्यले लेखेको समाचारमा उनलाई ‘नेपाली फिल्मको अमिताभ बच्चन’ भनिएको छ । समाचारमा हमालको निकै तारिफ गरिएको छ । उनको फिल्म करिअरदेखि बैबाहिक जीवनसम्मको चर्चा गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-07-29, सोमवार

फिल्म ‘होस्टेल रिर्टन्स’ बाट अभिनयमा डेब्यू गरेका सुंगठित शरीरका धनी अभिनेता सुशील श्रेष्ठ र नव-अभिनेत्री रुविना थापाको प्रमुख भूमिका रहेको फिल्म ‘लभ डायरीज’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ बोलको गीतमा अर्जुन पोखरेलले शब्द तथा संगीत छ । बाबु प्रधानको एरेञ्ज रहेको गीतमा गायक सुगम पोखरेल र स्वेच्छा ठकुरीको संयुक्त गायन छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-07-29, सोमवार

रामबाबु गुरुङ निर्देशित मल्टीस्टारर फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को प्रदर्शन मिति सारिएको छ । भाद्र १३ गते आउने निश्चित भएको यो फिल्म अब हेमराज विसी निर्देशित फिल्म 'घामड शेरे' ले छाडेको मिति असोज ३ गतेबाट प्रदर्शनमा आउने भएको छ । प्राविधिक कारणले फिल्मको प्रदर्शन मिति सारिएको निर्माण टिमले बताएको छ । तर, फिल्मको रिलिज सर्नुको कारण साउथ स्टार प्रभासको फिल्म ‘साहो’ मानिएको छ । 

Results : 9523 - 9528 of 24024
Most Visited News (monthly)