Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(22 votes, avg 4.68/5.00)
Text size:-
+
-

आयो पूजा र सौगातको ‘पोइ पर्‍यो काले’ ट्रेलर (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/10/02
अभिनेत्री पूजा शर्मा र अभिनेता सौगात मल्लले पहिलो पटक स्क्रिन साझेदारी गरेको फिल्म ‘पोइ पर्‍यो काले’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । दशैंको शुभकामनासहित बुधबार सार्वजनिक गरिएको ट्रेलर कमेडी र कन्फ्यूजनले भरिएको छ । कालो वर्णको एक युवकको जीवनमा आउने उचार-चढावमा फिल्म केन्द्रित रहेको ट्रेलरले प्रस्ट्याउँछ । फिल्म आउँदो कात्तिक ८ गतेबाट प्रदर्शनमा आउँदैछ । 
 
 
ट्रेलरमार्फत् फिल्मका कलाकारहरुको चरित्र चित्रण गरिएको छ । फिल्ममा अभिनेत्री पूजाको नाम पूजा शर्मा नै छ । उनलाई आफू निकै राम्री रहेको घमण्ड छ । काले वर्णको युवक पिटिक्कै मनपराउँदिनन् । सौगातले भने कालो वर्णको एक युवकको भूमिकामा निभाएका छन् । उनी पूजालाई मनपराउँछन् । अभिनेता आकाश श्रेष्ठलाई नयाँ-नयाँ युवतीसँग रोमान्स गर्ने पात्रको रुपमा चित्रण गरिएको छ । 
 
अभिनेत्री श्रृष्टि श्रेष्ठले पूजाको साथीको भूमिका निभाएकी छन् । उनलाई आकाशले मनपराउँछन् । तर, ट्रेलरको अन्तिम दृश्यले फिल्ममा को कसको जोडी ? भन्ने कन्फ्यूज बनाउँछ । यो फिल्ममा सोहित मानन्धर, राजाराम पौडेल, सुरक्षा पन्त, शिशिर राणा, किरण नेपाली, श्रृष्टि खड्कालगायतका कलाकारहरुको पनि अभिनय छ । शिव ढकालले फिल्म खिचेका हुन् भने कमल राई र रामजी लामिछानेको कोरियोग्राफी छ । 
 
किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ । अमलादेवी राई फिल्मकी कार्यकारी निर्माता हुन् । फिल्मका लेखक तथा निर्देशक शिशिर राणा हुन् । उनले यसअघि फिल्म ‘तिमीसँग’ को क्याप्टेनसिप सम्हालेका थिए । तारा थापा ‘किम्भे’ को सम्पादन रहेको फिल्ममा लालबहादुर खाती र अर्जुन पोखरेलको संगीत छ । फिल्मको यसअघि शिर्ष गीत सार्वजनिक भइसकेको छ । 
 
ट्रेलर हेर्नुहोस् :-

..................................................................................................................................
 
विज्ञापन ::

Most Visited News (monthly)