Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9493 - 9498 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-08-06, मंगलवार

फिल्म ‘लुट’ रिलिज हुनुभन्दा अगाडि नेपाली फिल्मको अवस्था निकै नाजुक थियो । चलचित्र विकास बोर्डले फिल्म क्षेत्रमा ‘संकटकाल’ घोषणा गर्ने तयारी गरेको थियो । तर, निर्देशक निश्चल बस्नेतले निर्देशन गरेको फिल्म ‘लुट’ ले ‘संकटकाल’ को अवस्थालाई मात्र चिरेन, नेपाली फिल्ममा कथावाचन शैलीलाई परिवर्तन पनि गर्‍यो । त्यसअघि दुई/चारवटा एक्सन र रोनाधोनका दृश्यले फिल्म धानिएका थिए । 

फिल्मीखबर, काठमाण्डौ, 2019-08-05, सोमवार

साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म ‘साहो’ ले नेपाली फिल्मको रिलिज क्यालेन्डर नराम्रोसँग बिथोलेको छ । पहिला यो फिल्म साउन ३० मा आउने निश्चित भएको थियो । यसको डरले ‘नाईं नभन्नू ल’ फेम्ड निर्देशक विकासराज आचार्य निर्देशित फिल्म ‘हजार जुनीसम्म’ को रिलिज एक हप्ता पछाडि सर्‍यो । तर, विविध कारणले ‘साहो’ दुई हप्तापछि आउने भएपछि निर्देशक आचार्य पुनः पुरानै मितिमा फर्किए ।

फिल्मीखबर, काठमाण्डौ, 2019-08-05, सोमवार

पारिवारिक फिल्म बनाउन सिपालु मानिने निर्देशक नवल नेपाल निर्देशित छैटौं फिल्म ‘मारुनी’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । त्रिकोणात्मक प्रेमकथा वाचन गर्ने फिल्मको ट्रेलर कलरफुल छ । अभिनेत्री साम्राज्ञी आरएल शाहले अभिनेता पुष्प खड्कालाई पागल जसरी एकोहोरो प्रेम गरिरहेकी छिन् । तर, पुष्प अर्की अभिनेत्री रेविका गुरुङको प्रेममा छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2019-08-05, सोमवार
लामो समयदेखि फिल्म सम्बन्धि अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले फिल्म निर्माण गर्ने भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच एकेमेडीको निर्माण रहने फिल्म ‘म’ को औपचारिक निर्माण घोषणा गरिएको छ । फिल्मलाई परिक्षेद सेनले निर्देशन गर्नेछन् । उनले पहिलो पटक फिचर फिल्म निर्देशनमा हात हाल्न लागेका हुन् । 
फिल्मीखबर, काठमाण्डौ, 2019-08-05, सोमवार

नेपालमा घरजम जोडेपछि अभिनेत्रीको करिअर सकिन्छ भन्ने मानसिकता छ । अपवादबाहेक प्रायः अभिनेत्रीहरुको हकमा यो लागू भएको पनि छ । विवाहपछि फिल्म नपाएर धेरै पलायन भइसके । केही जेनतेन टिकिरहेका छन् । कसैको भने विवाहपछि भाग्य चम्किएको छ । यसको एक उदाहरण हुन्, अभिनेत्री स्वस्तिमा खड्का । सिउँदोमा सिन्दूर भरेपछि अभिनेत्रीको करिअर लथालिङ्ग हुन्छ भन्ने मान्यतालाई उनले तोड्न सफल भइन्, जुन धेरैका लागि प्रेरणादायक छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-08-05, सोमवार
केही समययता बलिउडमा साउथ फिल्मको हिन्दी रिमेकको दौड चलेको छ । साउथका सफल फिल्मको हिन्दी रिमेकले राम्रो व्यापार गरिरहेका कारण पनि फिल्ममेकर्स यसतर्फ बढी आकर्षित भएका छन् । यसबीच, आर माधवनको ब्लकबस्टर फिल्म ‘विक्रम वेधा’ को पनि हिन्दी रिमेक निर्माण हुने भएको छ ।
Results : 9493 - 9498 of 24024
Most Visited News (monthly)