Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘काले दाई’ गीत : इन्द्रको अनुसँग आँखा जुध्यो (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/10/02
यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘काले दाई’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘आँखा आँखा जुधी’ बोलको गीतमा दीपा लामा र शिव के. परियारको स्वर छ । इन्द्र रामजालीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा फिल्मका अभिनेता इन्द्र रामजाली र अभिनेत्री अनु पराजुली रोमान्टिक अवतारमा प्रस्तुत छन् । 
 
 
गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । प्रेममा जात घुसेपछि उत्पन्न हुने द्वन्दको कथा वाचन गरेको फिल्ममा इन्द्र र अनुका अलावा शिशिर भण्डारी, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारीलगायतका कलाकारहरुको अभिनय छ । इन्द्र रामजाली र किशन अर्यालको कथा रहेको फिल्मलाई शिव शर्माले निर्देशन गरेका हुन् ।
 
नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी छ । यसमा इन्द्र रामजाली र किशन अर्यालको कथा, पवन गौतमको छायांकन, कुमार महर्जनको द्वन्द्व र तारा थापा ‘किम्भे’ को सम्पादन छ । एक कालो वर्णको युवकको जीवनमा आउने उचार-चढावमा फिल्म केन्द्रित छ । 
 
गीत हेर्नुहोस् :-

..................................................................................................................................

 
विज्ञापन ::

Most Visited News (monthly)