Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

यतिधेरै पातलो भए ‘बाहुबली’ का भल्लालदेव

एजेन्सी, मुम्बई, 2019/10/02
साउथको ब्लकबस्टर फिल्म ‘बाहुबली’ मा भल्लालदेवको भूमिका निर्वाहा गरेपछि चर्चामा आएका अभिनेता राणा दग्गुबाती पछिल्लो केही महिनायता आफ्नो स्वास्थ्यलाई लिएर चर्चामा छन् । केही समय अगाडि उनी र उनको परिवार परिवार किड्नी ट्रान्सप्लान्ट सर्जरीका लागि अमेरिका गएको खबर बाहिर आएको थियो । तर, यो अफवाहको उनले खण्डन गरेका थिए । 
 
तर, अब नयाँ तस्बिर बाहिरिएपछि प्रशंसकमाझ उनको स्वास्थ्य अवस्थालाई लिएर चिन्ता बढेको छ । हालै राणा दग्गुबातीले सोसल मिडियामा एक ब्रान्डको प्रमोशनको फोटो सेयर गरेका छन् । जसमा उनलाई निकै पातलो शरीरमा देख्न सकिन्छ । लामो समयपछि उनको यो पोस्ट देखेपछि फ्यानहरुले कमेन्टमा उनको स्वाथ्य अवस्थाको बारेमा चासो व्यक्त गरेका छन् ।
 
 
अधिकांश यूजरले तस्बिरको कमेन्टमा एउटै प्रश्न गरेका छन्, ‘तपाईं विरामी हुनुहुन्छ हो ?’ तर, राणा दग्गुबातीले कुनै जवाफ दिएका छैनन् । केही समय अगाडि उनले एक स्टेटमेन्ट दिएका थिए, ‘म विल्कुल ठिक र स्वस्थ छु । मेरो किड्नी ट्रान्सप्लान्टलाई लिएर अफवाह चलेको छ तर मलाई केही भएको छैन ।’ उनले आफूप्रति प्रेम र चिन्ताका लागि धन्यवाद व्यक्त गरेका थिए । 
 
राणा दग्गुबाती अहिले आफ्नो नयाँ फिल्म ‘हिरण्यकश्यप’ का लागि यूएस गएका छन् । यो फिल्म निकै ठूलो स्केलमा बन्दैछ । उनले फिल्म ‘बाहुबली’ मा अभिनेता प्रभाससँग भिड्नका लागि एक पौराणिक योद्धाजस्तो शरीर बनाएका थिए । ‘बेबी’ फिल्ममा पनि उनी विल्कुल फिट शेपमा देखिएका थिए । फिल्ममा उनले एक खुफिया एजेन्टको भूमिका निभाएका थिए । 
 
..........................................................................................................................
 
विज्ञापन ::
Most Visited News (monthly)