.jpg)
एकपछि अर्को हिट फिल्म दिएर बलिउड स्टार आयुष्मान खुराना अहिले सफलताको उत्कर्षमा छन् । ‘बरेली की बर्फी’ देखि ‘ड्रीम गर्ल’ सम्म लगातार ७ सुपरहिट फिल्म दिएपछि अब उनले पनि बलिउडका सुपरस्टारको लिस्टमा आफ्नो स्थान बनाएका छन् । तर, हालसालै प्रदर्शनमा आएको फिल्म ‘ड्रीम गर्ल’ को सफलतापछि उनले आफ्नो पारिश्रमिक कयौं गुणा बढाएका छन् ।
सन् २०१२ मा फिल्म ‘विक्की डोनर’ बाट बलिउडमा पाइला राखेका आयुष्मानलाई आजभोली बलिउडमा बक्सअफिसको हिट मेशिन भनिन थालिएको छ । पावरफूल कन्टेन्ट भएको फिल्ममा काम गरेर दर्शकको मन जितिरहेका उनी चाँडै फिल्म ‘बाला’ मा देखिँदैछन् । नोभेम्बर ७ मा रिलिज हुने यो फिल्ममा उनले कपाल झर्ने समस्याबाट ग्रसित एक पात्रको भूमिका निभाएका छन् ।
एकपछि अर्को सुपरहिट फिल्म दिएपछि अभिनेता आयुष्मानले आफ्नो पारिश्रमिक ५ गुणा बढाएका छन् । ‘ड्रीम गर्ल’ करिअरको सबैभन्दा धेरै कमाउने फिल्म बनेसँगै उनले अब एक फिल्मको १० करोड पारिश्रमिक बुझ्ने निर्णय लिएका छन् । यसअघि उनले २ करोडमा फिल्म गर्दै आएका थिए । अहिले निर्माताहरु उनले मागे जति पारिश्रमिक दिएर फिल्म खेलाउन तयार छन् ।
आयुष्मानका प्रायः फिल्म मिडियम बजेटको हुने गर्दछ । तर, बक्सअफिसमा उनका फिल्मले ठूला स्टारकास्ट र महँगो बजेटको फिल्मलाई टक्कर दिने गरेका छन् । गएको वर्ष ‘बधाई हो’ र ‘अन्धाधुन’ ले बक्सअफिसमा ठूलो अंक जोड्न सफल भएको थियो । यस वर्ष ‘आर्टिकल’ १५ र ‘ड्रीम गर्ल’ ले पनि सानदार व्यापार गरे । ‘अन्धाधुन’ का लागि आयुष्मानले नेसनल अवार्ड पनि पाएका छन् ।

