
फिल्म रिलिज अगावै सर्वाधिक चर्चामा रहेको नाम हो, क्रिस्टिना गुरुङ । उनले डेब्यू गर्न लागेको फिल्म ‘प्रेमगीत ३’ दशैंपछि छायांकनमा जाँदैछ । तर, केही समययता उनको चर्चा कुनै डिमान्डेड अभिनेत्रीको भन्दा कम छैन । चर्चित सिरिजसँग जोडिनुको फाइदा हो यो । फिल्ममा उनको अभिनय नै नहेर्दै सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेर्न थालिएको छ । यसले उनीमाथि ठूलो चुनौतीको भार थपिएको छ ।

भारतको स्वतन्त्रता दिवस र रक्षाबन्धनको दिन प्रदर्शनमा आएको अक्षय कुमार, विद्या बालन, तापसी पन्नी र सोनाक्षी सिन्हा अभिनीत फिल्म ‘मिशन मंगल’ बक्सअफिसमा ट्रेड एनालिस्टको अनुमानभन्दा खरो उत्रिएका छ । फिल्मले प्रदर्शनको पहिलो दिन नै २९ करोड १६ लाख कमाउँदै बम्पर ओपनिङ गरेको छ । फिल्मले पहिलो दिन २३ देखि २५ करोड कमाउने अनुमान गरिएको छ ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्ममा प्रवेश गरेको छोटो समयमा जुन ‘नेम र फ्रेम’ पाइन् त्यो साँच्चै लोभलाग्दो छ । फिल्ममा आफूलाई स्थापित गर्न उनले खासै संघर्ष गर्नु परेन । डेब्यू फिल्म ‘ड्रिम्स’ ले नै उनलाई करिअर फर्किएर हेर्नु नपर्ने अवस्थामा पुर्यायो । अहिले उनी नेपाली फिल्मकी सर्वाधिक महँगी र डिमान्डेड अभिनेत्री हुन् । उनलाई फिल्मलाई लिन मेकरबीच तानातान हुने गरेको छ ।

गत वर्षको अन्तिममा प्रदर्शनमा आएको ब्लकबस्टर फिल्म ‘ए मेरो हजुर ३’ बाट डेब्यू गरेकी अभिनेत्री हुन्, सुहाना थापा । यो फिल्मले बक्सअफिसमा १० करोडको आसपासमा व्यापार गरेको रिपोर्ट प्राप्त छ । फिल्मले निर्मातालाई बोरामा पैसा मात्र दिएन, सुहानालाई पनि ‘स्टार’ बनायो । फिल्ममा उनको अभिनयले गजबकै प्रशंसा भयो । अहिले उनलाई राम्रो सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेरिएको छ ।


जब फिल्म प्रदर्शनको संघारमा हुन्छ तब बेपत्ता हुने नेपाली कलाकारको पुरानै रोग हो । प्रचारको समयमा कलाकारले साथ नदिँदा निर्माता/निर्देशकले हैरानी खेप्नु परेका उदाहरण फिल्म क्षेत्रमा बग्रेल्ती छन् । प्रचारमा निर्देशक र निर्माता हिँँडेर हुँदैन । दर्शकमाझ फिल्मको जानकारी पुर्याउन कलाकारले मात्र सक्छन् । तर, कलाकारले नै प्रचारमा बेवास्ता गर्दा निर्माताको करोडौंको लगानी बालुवामा पानी हालेझैँ भइरहेको छ ।

