Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिकामा चौथो ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै

फिल्मीखबर, काठमाण्डौ, 2019/10/20
हरेक वर्ष आयोजना हुँदै आएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ को चौथो संस्करण अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा हुने भएको छ । यसअघि यो अवार्डको तीन संस्करण पनि अमेरिकामा नै भएको थियो । आइतबार राजधानीमा एक कार्यक्रमका बीच अवार्डको चौथो संस्करणको बारेमा जानकारी गराइयो । यही नोभेम्बेर ३० देखि डिसेम्बर १ सम्म अवार्ड हुनेछ । 
 
 
ग्लोबल नेपाली फिल्म अवार्ड, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकरको मुख्य आयोजनामा हुन लागेको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा अमेरिकामा बसोेबास गर्ने फिल्मकर्मी र नेपालबाट केही कलाकार, निर्माता तथा निर्देशकको उपस्थिति रहने नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले जानकारी दिए । अवार्डलाई सम्भ र भव्य बनाइने उनको दाबी छ । 
 
नेपाली फिल्मकर्मीहरुलाई सम्मान, नेपाली फिल्मलाई डायस्पोरामा प्रबद्र्धन, पुरस्कार र प्रोत्साहनका साथै विशुद्ध नेपाली फिल्मको बजार प्रबद्र्धन, फिल्म टुरिजमको बिषयमा अन्तरक्रिया, कलाकार पुनर्मिलन र फिल्म पर्यटन तथा ‘भिजिट नेपाल २०२०’ को पूर्वसन्ध्यामा नेपालमा अधिक मात्रामा पर्यटन भित्राउने अवार्डको उद्देश्य रहेको अध्यक्ष मल्लले बताए । 
 
हाल अवार्डको तयारी तीव्र रुपमा चलिरहेको नेपालका कार्यक्रम संयोजक मदु कुमार श्रेष्ठले जानकारी दिए । नेपाली फिल्मलाई विश्व बजारसम्म फैलाउने मुख्य उद्येश्यले अवार्डको आयोजना गर्न लागेको उनी बताउँछन् । ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ र कलाकार संयोजकमा श्याम भट्टराई रहेका छन् । अवार्ड कार्यक्रम बर्कलीको युसी थिएटरमा हुनेछ । 
 
 
युसी थिएटरमा पहिलो पटक नेपाली कार्यक्रम हुन लागेको हो । ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा अमेरिकामा बसोबास गर्ने नेपाली कलाकारहरुले आफ्नो प्रस्तुती दिने कार्यक्रममा जानकारी गराइयो । डिसेम्बर १ मा ‘भिजिट नेपाल २०२०’ लाई प्रचार गर्ने उदेश्यले कलाकारसहितको सहभागितामा बर्कली सिटीको मुख्य सडक नै बन्द गरेर ‘नेपाल डे परेड’ मनाइने फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए ।  
Most Visited News (monthly)