Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

काममा एकअर्कालाई सिफारिस गर्दैनौं : निश्चल-स्वस्तिमा

फिल्मीखबर, काठमाण्डौ, 2019/10/23
नेपाली फिल्ममा केही यस्ता जोडी छन्, जो एकअर्काको सिफारिसको भरमा करिअरको रथ तानिरहेका छन् । विशेषगरि प्रेम सम्बन्धमा रहेका जोडीले आफूले गर्ने फिल्ममा एकअर्कालाई अभिनेता वा अभिनेत्रीमा सिफारिस गर्ने गरेको चर्चा पछिल्लो समय फिल्मवृतमा खुबै सुन्ने गरिन्छ । जोडीलाई नै फिल्ममा लिनु पर्ने बाध्यताले यतिबेला निर्माताले निकै हैरानी खेप्नु परेको छ । 
 
के निर्देशक टर्न अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का पनि फिल्ममा एकअर्कालाई सिफारिस गर्छन् ? धेरैका लागि चासोको विषय हो यो । दुईको प्रमुख भूमिका रहेको फिल्म ‘घामड शेरे’ कात्तिक २२ गतेबाट प्रदर्शनमा आउँदैछ । हेमराज विसी निर्देशित फिल्ममा उनीहरु भेना र सालीको भूमिकामा छन् । यो फिल्ममा सबैभन्दा अगाडि निश्चललाई अनुबन्ध भएका थिए । 
 
 
स्क्रिप्ट लक भएपछि मात्र स्वस्तिमालाई फिल्म अप्रोच गरिएको थियो । के निश्चलको सिफारिसमा फिल्ममा स्वस्तिमा लिनुभएको हो ? हालै एक कफी भेटमा निर्देशक विसीमाथि पत्रकारको प्रश्न तेर्सियो । उनले निश्चलको सिफारिसमा आफूले अभिनेत्रीमा स्वस्तिमालाई फिल्म अफर नगएको दाबी गरे । स्वस्तिमालाई फिल्ममा लिनेबारे निश्चलसँग छलफल भने भएको उनी स्वीकार्छन् । 
 
स्वस्तिमाको कास्टिङबारे उनले भने, ‘फिल्मको स्क्रिप्टमा काम हुँदासम्म हाम्रो दिमागमा स्वस्तिमा थिइनन् । जब स्क्रिप्ट लक भयो तब मलाई लाग्यो कि यो भूमिकामा स्वस्तिमा सुहाउँछिन् । यसबारेमा मैले निश्चलसँग कुरा गरेँ । उसले आपत्ति नजनाएपछि मैले स्वस्तिमालाई फिल्मको स्क्रिप्ट सुनाएँ । तर, उनले यो भूमिकामा आफू फिट नहुने भन्दै अर्कै अभिनेत्रीको नाम सिफारिस गरिन् ।’ 
 
क्यारेक्टरलाई लिएर आफूले कन्भिन्स गराएपछि स्वस्तिमा फिल्म गर्न राजी भएको उनी सुनाउँछन् । त्यस्तै, ‘घामड शेरे’ मा स्वस्तिमा हुनुको पछाडि आफ्नो कुनै संलग्नता नरहेको अभिनेता निश्चलको भनाई छ । कामको कुरामा आफूहरुले एकअर्कालाई सिफारिस नगर्ने उनी बताउँछन् । स्वस्तिमा पनि निश्चलको कुरामा लालमोहर लगाउँछिन् । उनी आफूहरुबीच सिफारिस नचल्ने बताउँछिन् । 
Most Visited News (monthly)