Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जोनको ‘पागलपन्ती’ ट्रेलरमा कमेडी नै कमेडी

फिल्मीखबर, काठमाण्डौ, 2019/10/22
 
‘हाउसफुल ४’ पछि अर्को एक मल्टीस्टारर कमेडी फिल्म प्रदर्शन हुँदैछ । कमेडीले भरिपूर्ण फिल्म ‘पागलपन्ती’ को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्ममा अनिल कपूर, जोन अब्राहम, इलियाना डिक्रूज, अरशद वारसी, पुलकित सम्राट, कृति खरबन्दा, उर्वशी रौतेला र सौरभ शुक्ला लिड रोलमा छन् । फिल्म यस वर्षको २२ नोभेम्बरमा रिलिज हुँदैछ । 
 
‘पागलपन्ती’ को ट्रेलरले पूरै तरिकाबाट टाइटललाई जस्टिफाई गर्छ । ट्रेलरमा जोन अब्राहम, अनिल कपूर, अरशद वापसी र सौरभ शुक्लाको कमेडी सानदार देखिएको छ । कमिक रोलमा जोन जमेका छन् । कमिक टाइमिङ, ब्याकग्राउन्ड स्कोर र डाइलग दमदार छ । यद्यपि, ट्रेलर कन्फ्यूजन छ । ट्रेलरबाटै फिल्मको मूलकथा बुझ्न गाह्रो पर्छ । 
 
अनीस बज्मीको निर्देशनमा बनेको फिल्मको ट्रेलरबाट अनुमान लगाउन गाह्रो पर्दैन कि यो फिल्मले बलियो इन्टरटेनमेन्ट दिनेछ । ‘पागलपन्ती’ को यसअघि सार्वजनिक लुक पोस्टरमा स्टारकास्टलाई म्याडनेस देखिएको थियो । निदेशक बज्मीले आफ्नो निर्देशनमा 'नो इन्ट्री', 'वेलकम', 'सिंह इज किंग', 'रेडी' जस्ता हिट फिल्म दिइसकेका छन् । 
 
केही वर्षयता एक्सन र सीरियस मोडमा देखिएका जोन अब्राहमलाई दर्शकले लामो समयपछि कमेडी गर्दै गरेको देख्न पाउनेछन् । उनलाई दर्शकले कमिक रोल्समा पनि निकै रुचाउने गरेका छन् । केही दिन अगाडि सार्वजनिक भएको ‘पागलपन्ती’ को पोस्टरमा उनी निकै अलग अवतारमा देखिएका थिए । फिल्ममा उनको चरित्रको नाम राज किशोर हो । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)