Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

बीएसआरले बागलुङमा खोल्यो मल्टीप्लेक्स

फिल्मीखबर, काठमाण्डौ, 2019/10/24
 
प्रविधिअनुसार परिमार्जित हुन नसक्दा सिंगल थिएटरहरु विस्तारै विस्थापित भइरहेको अवस्थामा फिल्म हेर्नका लागि अहिले दर्शकको पहिलो रोजाई मल्टीप्लेक्स बन्न थालेको छ । महँगो टिकट काटेर भए पनि सुविधा सम्पन्न हलमा फिल्म हेर्ने दर्शकको संख्या बढ्दो छ । त्यसैले पछिल्लो केही समययता नेपालमा मल्टीप्लेक्सको निर्माण तीव्र गतिमा भइरहेको छ । 
 
यसैक्रममा, गोंगबुस्थित बीजी मलमा रहेको मल्टीप्लेक्स हल बीएसआर मुभिजको पहिलो शाखा बागलुङमा सञ्चालनमा आएको छ । बरिष्ठ फिल्मकर्मी निर शाहले बुधबार बीएसआर मुभिज बागलुङको उद्घाटन गरे । शाहसँगै राजधानीबाट अभिनेत्री गौरी मल्ल, निर्देशक दिपाश्री निरौला र कलाकार अनुरागमासिंह कुँवर हल उद्घाटन समारोहमा सहभागी भएका थिए । 
 
बिहिबारबाट व्यावसायिक सञ्चालनमा आएको दुई अडिटोरियमको हलमा दुई सय २६ सिट छन् । हलमा थ्रीडि प्रविधि समेत जडान गरिएको प्रबन्ध निर्देशक राजु गिरीले जाकनारी दिए । अन्र्तराष्ट्रिय जगतमा प्रचलनमा रहेको पछिल्लो प्रविधि डब्बु अटमस साउण्ड सिष्टम नेपालमा भित्राउँदै बीएसआरले दुई वटा अत्याधुनिक फिल्म हल सञ्चालन गर्दै आइरहेको छ । 
Most Visited News (monthly)