Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अदितीलाई फिल्म नै अफर नभएको हो ?

फिल्मीखबर, काठमाण्डौ, 2019/10/26
युवापुस्तामाझ सर्वाधिक खोजिने अहिलेका ‘हटकेक’ अभिनेता अनमोल केसीसँग स्क्रिन साझेदारी गरेपछि अभिनेत्रीको भाग्य चम्किन्छ भनिन्छ । उनीसँग काम गरेका केही अभिनेत्रीको हकमा यो देखिएको पनि छ । अभिनेत्री त्रय साम्राज्ञी आरएल शाह, सुहाना थापा र उपासना सिंह ठकुरी यसका उदाहरण हुन् । तर, सबैको भाग्य कहाँ उनीहरुको जस्तै लेखिएको हुन्छ र !
 
अनमोलसँग काम गरेर गुमनामझैँ भएका अभिनेत्री पनि छन् । नपत्याए अभिनेत्री अदिती बुढाथोकीलाई नै हेर्नुस् ! फिल्म ‘कृ’ मा उनले अनमोलको अपोजिटमा काम गरेकी थिइन् । इन्स्टाको फोटो हेरेर मेकरले उनलाई फिल्म अप्रोच गरेका थिए । रिलिजपूर्व फिल्मले लोभलाग्दो हाइप निर्माण गरेको थियो । फिल्मलाई रिलिज अगाडि नै ‘स्योर सट हिट’ मानिएको थियो ।
 
 
तर, फिल्मले हलमा कमाल देखाएन । लगानी ठूलो भएका कारण फिल्मबाट निर्माताले १ करोड नोक्सान बेहोरे । निर्माता सुवास गिरीले यो फिल्मबाट आफू घाटामा रहेको स्वीकार गरिसकेका छन् । निर्माताले नै आफू घाटामा रहेको बताएपछि फिल्मलाई हिटको ट्याग लाग्ने कुरै आएन । फिल्मलाई फ्लपको ट्याग लागेपछि अदिती पनि फ्लप अभिनेत्रीको सूचीमा दर्ज भइन् ।
 
‘कृ’ गर्नुभन्दा अगाडि उनले भारतमा बसेर मोडलिङ गर्दै आएकी थिइन् । फिल्म सफल नभएपछि उनी पुनः भारत फर्किइन् । त्यसपछि उनले नेपाली फिल्म गरेकी छैनन् । ‘कृ’ पछि अनमोलका दुई फिल्म प्रदर्शनमा आइसके । तर, अदितीले दोस्रो फिल्मसम्म साइन गरेकी छैनन् । फिल्मै अफर नभएको त होइन ? डेढ वर्षसम्म उनले खुसीको खबर नदिनुले यो प्रश्न उठ्नु स्वभाविक हो ।
 
केही समय अगाडि उनी इन्डियन-अमेरिकन वेब टेलिभिजन सिरिज ‘इनसाइड एज २’ मा अभिनेता विवेक ओबरोयसँग देखिन लागेको चर्चा चलेको थियो । तर, यो सिरिज अहिलेसम्म निर्माण हुन सकेको छैन । यो बनेर प्रदर्शन भएको खण्डमा उनलाई बलिउड छिर्न सहज हुने थियो । तर, उनको सपना पूरा हुने छाँटकाँट देखिएको छैन । आशा गरौं, चाँडै अदितीलाई बलिउड अभिनेत्री भन्न पाइनेछ ।
Most Visited News (monthly)